मुहम्मद साहबको निधन प्रति नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ द्धारा दु ख व्यक्त

प्रकाशित मिति:

ईमरान खान कपीलवस्तु । नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ द्धारा प्रसिद्ध शेरे नेपाल मुफ्ती जैश मुहम्मद साहबको निधन प्रति गरे गहिरो दुःख व्यक्त
काठमाडौ । नेपाल हज समितिले अन्र्तराष्ट्रिय स्तरमा प्रसिद्ध शेरे नेपाल मुफ्ती जैश मुहम्मद साहबको निधन प्रति गहिरो दुःख व्यक्त गर्दै मरहुम मुफ्ती साहब र वहाको घर—परिवार का सदस्य हरूको लागि दुवा सहित नेपाल हज समिति परिवारको तर्फ बाट अध्यक्ष शमशेर मियाँ हस्ताक्षारीत प्रेसरिलीज सोशल मीडिया मार्फत जारी गरेका छन । मुफ्ती हजरत मरहूम मुहम्मद जैश साहब नेपाल हज समिति का अध्यक्ष शमशेर मियाँको पीर मुर्शिद समेत भएको जानकारी गराएका छन । शमशेर मियाँ का अनुसार मेरो पीर मेरो अभिभावक जस्तै थिए वहाँको दुवाले मैले धेरै सफलता हासिल समेत गर्दै आएको थिए वहाँको निधनले मलाई गहिरो चोट पुगेको छ । मैले आफनो अहम अभिभावक गुमाएको छू । वहाँको निधन पश्चात मैले आफुलाई अनाथ भए जस्तो महसूस गरि रहेको छु । अल्लाहपाकले मेरो पीर मुर्शद गुरू लाई जन्नतुलफिरदौश मा उच्च मुकाम देउन दुवा गर्दछु अध्यक्ष मियाँले फोन मार्फत बताएका छन । नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले आफनो फेसबुक वालमा पोस्ट गरेको स्टेटस