५० लाख रुपैँया अमेरिकी डलर जरिवानाका साथै पाँच वर्ष जेल सजाय

१३ मंसिर २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


 एजेन्सी – माल्दिभ्सका पूर्व राष्ट्रपति अब्दुल्ला यामीनलाई बिहीबार ५० लाख रुपैँया अमेरिकी डलर बराबरको जरिवानाका साथै पाँच वर्षको जेल सजाय सुनाइएको स्थानीय सञ्चार माध्यमले शुक्रबार जानकारी दिएका छन् ।माल्दिभ्स फौजदारी अदालतका न्यायाधीश अलि रशिदको नेतृत्वमा रहेको पाँच जना न्यायाधीशको इजलासले सो फैसला गरेको हो ।होटलको विकासका लागि विभिन्न टापुहरू भाडामा लिने सम्झौता गर्दा निजी कम्पनीमार्फत यामीनले १ लाख अमेरिकी डलर सरकारी रकम प्राप्त गरेको भन्दै दोषी ठहर गरिएको हो ।

यामीनले रकम लिएको अस्वीकार गर्नु भएको छ ।माल्दिभ्स प्रहरी सेवालाई दिएको बयानपछि अभियोजकको कार्यालयले भूतपूर्व राष्ट्रपतिलाई फौजदारी आरोप लगाएको थियो । उनीमाथि भ्रष्टाचार गरेको आरोप लगाई अनुसन्धानलाई भ्रमित पार्न गलत बयान दिएको आरोप लगाइएको छ ।यामीनका समर्थकहरू बिहीबार साँझ अदालतको घेरा हालेर मुद्दाको विरोध गर्दै भेला भएका र यामीनको रिहाइको लागि नारा लगाएका थिए । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सिसहनियाँ उद्योग बाणिज्य संघले खौराहा बाबा धार्मिक स्थलमा घण्टा अनावरण
  • मनकामना बहुउद्देश्यीय युवा क्लबको छैटौं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन…
  • बुटवलको राजमाग चौराहादेखि चिडियाखोलासम्म सडक किनारका घर टहरा भत्काउन सुरु
  • नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा कृष्णप्रसाद शर्मा विजयी
  • विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड बढी पुग्यो
  • सभापति देउवाले भने : अदालतको निर्णय सबैले मान्नुपर्छ
  • कुंवरवर्तीमा नगरस्तरीय अन्तर मावि भलिबल शुरु
  • संविधान को रक्षाको लागी काङ्ग्रेस सडकमा आउनु परेको छ –…
  • रुपन्देहीका सबै प्रदेश सभा निर्वाचन क्षेत्रमा बिरोध सभा सम्पन्न ,…
  • गुरुङ सहित खेल क्षेत्रमा योगदान पु¥याएकाहरु सम्मानित