अर्घाखाँची दुर्घटनामा ज्यान गुमाउने प्रति हज समितिका अध्यक्ष शमशेर मियाँ बाट श्रद्धाञ्जली व्यक्त

१३ मंसिर २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


इमरान खान / कपिलवस्तु – नेपाल हज समितिको सदस्यहरु तथा अध्यक्ष शमशेर मियाँको तर्फबाट अर्घाखाँचीको नरपानीमा भएको सवारी दुर्घटनाले आफु स्तव्ध भएको बताउनु भएको छ । अध्यक्ष मियाँले एक विज्ञप्ती जारी गर्दै गहिरो दुःख व्याक्त गर्नु भएको हो । सन्धिखर्कबाट बुटवलको लागि बुधबार दिउँसो छुटेको बस नरपानीमा दुर्घटना हुँदा १९ जना यात्रुको निधन भएको थियो । अध्यक्ष शमशेर मियाँले निधन हुनेहरु प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन प्रती समवेदना प्रकट गर्नुभएको छ ।

 

उहाँले घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेको प्रभावकारी उपचारको लागि सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराउनु भएको छ । अध्यक्ष मियाँले जिल्लामा पटक पटक सवारी दुर्घटना हुने गरेको प्रती चिन्ता प्रकट गर्दै दुर्घटना हुनुको कारण पत्ता लगाई तत्काल समस्याको पहिचान गरि सरकार र संबंधित सरोकारवालालाई दीर्घकालीन समाधानमा लाग्न समेत आग्रह गर्नु भएको छ । सन्धिखर्क न.पा. ६ नरपानीमा लु. २ ख २१४८ नम्बरको बस दुर्घटना हुँदा ११ पुरुष, ६ महिला ,१ बालक, १ बालिका समेत १९ जनाको ज्यान गएको थियो । दुर्घटनामा १८ जना यात्रु घाइते भएका छन । राहुल मोदनवाल/ कृष्णनगर

फेसबुकबाट तपाईको प्रतिक्रिया