टूरको दौरान घाइते भएकी अमेरिकी गायिका म्याडोनाको कन्सर्ट रद्द

१३ मंसिर २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
23 Shares


एजेन्सी – अमेरिकी गायिका म्याडोनाको कन्सर्ट रद्द भएका छन्। ‘म्याडम एक्स’ टूरको दौरान घाइते भएकी गायिका म्याडोनाको बोस्टनमा आयोजना हुने भनिएका कन्सर्टहरु रद्द गरिएका हुन्। अत्यधिक पीडाका कारण चिकित्सकको सल्लाहअनुसार उनको तीन कन्सर्टहरु रद्द गरिएको हो।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा अत्यधिक पीडाका कारण कन्सर्ट रद्द हुने अप्रत्यासित भएको उल्लेख गरेकी छिन्। उनले लेखेकी छिन्, ‘कन्सर्टलाई लिएर यो अप्रत्यासित मोड सिर्जना भएकोमा माफ माग्छु। हरेक रात कन्सर्टको लागि तयारी गर्दा आनन्द महसुस गर्दछु र कन्सर्ट रद्द हुनु मेरो लागि सजाय हो। तर, अहिले मैले अत्याधिक पीडा महसुस गरिरहेको हुँदा डाक्टरको सुझावअनुसार आराम गर्नु आवश्यक रहेको छ। यसले मलाई निको भएर कन्सर्टमा फर्कन सहयोग गर्नेछ।’ यसअघि उनले इन्स्टाग्राममा आइस बाथ गरिरहेको भिडियो पोस्ट गरेकी थिइन्।

आगामी डिसेम्बर ७ देखि फिलाडेल्फियामा र मियामीमा कन्सर्टको विभिन्न स्थान र मिति तोकिएको थियो। नयाँ वर्षको सुरुवातमा भने लन्डन हुँदै पेरिसमा कन्सर्ट गरिने तयारी भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • उपकुलपतिको नियुक्त नहुदाँ पोखरा विश्वविद्यालयमा नेविसंघको रिलेअनसन कायमै
  • एनआरएनए जापानको क्षेत्रीय भेला सम्पन्न
  • अमेरिकामा बस्ने नेपालिलाइ नेपालबाट डलर ल्याउने लैजाने सम्बन्धि जानकारि।
  • मेलम्ची पहिरोमा परी आठ मजदुरको मृत्यु
  • परीक्षा लिन लागेको भन्दै रुपन्देहीका बिद्यार्थी सडकमा
  • गैडहवामा मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम अन्तर्गत १ सय ८० बिपन्न…
  • आज साउन १९ गते सोमबारको राशिफल
  • जिल्ला संगठन बिभागद्धारा स्थानीय तह र वडा सभापतीहरुकालागि प्रशिक्षण सम्पन्न
  • भलवारी ब्याडमिन्टन क्लवको प्रथम साधारण सभा सम्पन्न
  • नेपाल रेडक्रसको तदर्थ समितिको पदवहाली -श्वेत पत्र जारी गरिने