अन्तराष्ट्रिय महिला रक्षक दिवसको उपलक्ष्यमा राष्ट्रिय सञ्जालद्वारा ¥यालीको आयोजना

१३ मंसिर २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काठमाडौँ – अन्तराष्ट्रिय महिला मानव अधिकार रक्षक दिवसको उपलक्ष्यमा महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजालले काठमाडौमा ¥यालीको आयोजना छ ।

माइतिघर मण्डला देखि नयाँ बानेश्वर सम्म आयोजना गरिएको ¥यालीमा महिलाका कामको सम्मान गर, महिला हिंसा बन्द गर, महिला मानवअधिकार रक्षकको सुरक्षाको ग्यारेन्टी गर, महिला मानवअधिकार रक्षकको सुरक्षा नीति लागु गर, जस्ता नारा लगाईएको थियो ।

¥यालीमा महिला अधिकार, मानव अधिकार लगायतका प्लेकार्ड लिएर दुई सय पचास भन्दा बढी महिला मानव अधिकार रक्षकहरुको सहभागिता रहेको थियो । उक्त ¥याली बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया