विवादबारे सहमतिका आधारमा समाधान खोज्नुपर्छ : प्रचण्ड

१३ मंसिर २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
25 Shares


काठमाडौं : नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुबै छिमेकी र मित्रराष्ट्रसँग सन्तुलित सम्बन्ध कायम राख्ने बताएका छन् ।सबैको साथ लिएर अघि बढ्न उनले आग्रह गरेका छन् । साथै कुनै पनि शक्तिराष्ट्रप्रति नढल्किने उनको भनाइ थियो । ‘हामी प्रो-इन्डिया, प्रो-चाइनिज वा प्रो-अमेरिकन हैनौँ । हामी प्रो-नेपाल हौँ,’ प्रचण्डले भनेका छन् । उनले नेपालको एक चीन नीति परिवर्तन नहुने पनि प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपाल-चाइना मिडिया फोरमले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यस्तै सीमा विवादबारे सहमतिका आधारमा समाधान खोज्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा दाहालले चिनियाँ राष्ट्रपति सि जिनफिङको नेपाल भ्रमणको पनि प्रशंसा गरे । उक्त भ्रमणले नेपालको सम्भावनाको ढोका खोलेको प्रचण्डको टिप्पणी थियो ।अन्नपुर्ण पोस्ट 

फेसबुकबाट तपाईको प्रतिक्रिया