यो बर्षको पहिलो दशैं गीत जमरा जौका सार्बजनिक – भिडियाे सहित

प्रकाशित मिति:

हिन्दु नेपालीहरुको महान पर्व वडा दशैं तथा शुभ दिपावली आउदै गर्दा यतिबेलाको समय नै दशैं मय हुन थालिसकेको छ । अझ भर्खरै मात्र बजारमा आएका दशैका गीत संगीतले चाडपर्बको रौनक नै थपेका छन ।

यसै क्रममा भर्खरै मात्र बिदा भएको तीजमा केही गीतहरु यो बर्षकै चर्चाको शिखरमा रहन सफल भएको शिब दर्शन फिल्मस् प्रालीको प्रस्तुतिमा बिजया दशमीको शुभकामना सहित लोकप्रिय गायिका गायत्री थापाको दशै गीत जमरा जौका बजारमा सार्वजनिक भएको छ ।

गीतमा भनिएको छ –
घरै मुनि बारि भरी कोदो फुल्यो होला
तोते बोल्ने छोरालेनी बाबा भुल्यो होला
यो दशेैंमा म घर आउला
फुल टिका र जमरा लगाउला
रातो टिका जमरा जौका
फेरी कैले जुर्नि हो यो मौका….

प्रदेशीले देश छाडेर बिदेशीएको धेरै बर्ष सम्म घर फर्किने मौका मिलेन तर यो दशैमा जसरि पनि घरमा आउने भन्दै रमाइलो गर्ने भनेका छन भने घरमा भएकी श्रीमतीले बुढा बाबा आमा र छोरा छोरीले देख्न मन गरेको भन्दै यो दशैमा जसरि भएपनी घरमा रातो टिका र जमरा लागाउदै रमाइलो गर्ने भनेकी छन ।

निकै यथार्थ र मौलिक शब्दमा गीत तयार भएको छ । गायक तथा सर्जक महेन्द्र भण्डारीको लय, शब्द रहेको गीत खुमन अधिकारी र देबि घर्तिको आबाजमा सजिएको छ ।

गीतको भिडियो समेत उस्तै राम्रो बनेको छ । चर्चित मोडलहरु महेन्द्र गौतम, रिचा थापा, भगवत शाह र अमृता थापाको अभिनयमा भिडियो तयार भएको छ । शिब दर्शन फिल्मस् प्रालीले बजार ब्यवस्थापन गरेको भिडियोमा निर्देशन मदन खड्का र छायांकन हरिष महराको रहेको छ ।

भिडियो हेर्नुहोस –

https://youtu.be/Ry9E23eF8GY