शान्तिश्री परियारले फेरी गाईन परदेशीलाई रुवाउने गित “पछ्यौरी “

प्रकाशित मिति:

सुदिप गौतम / बुटवल – चर्चित लोकदोहोरि गायिका शान्तिश्री परियारले फेरी सारा नेपालीलाई रुवाउने गित “पछ्यौरी ” गएकी छन ।नेपालमै केहि गर्छु भन्ने चाहाना हुदाहुदै पनि परिवारको दबाब परेर पर्देशिन खोज्ने आफ्नो श्रीमानलाई विदेश नजान र परदेशी नबन्ने आग्रह गरिएको बारे गित अत्यान्तै राम्रो संग भिडियो निर्माण गरिएको छ । हुन् त् गायिका शान्तिश्रीलाई बियोगान्त गित अत्यान्त दर्शक श्रोताले माग गरेका हुन्छन ।

म्युजिक भिडियो रिलिज भैसकेपछि गितको राम्रो प्रतिक्रिया आईरहेको छ ।स्वाभिमान क्रियसन प्रा लि बाट बजारमा आएको गितमा राजु महोत्राको शब्द रहेको छ भने संगीत चर्चित गायक तथा संगीतकार ऋषि खड्का को रहेको छ । शान्तिश्री परियार र ऋषि खड्का को सुमधुर आवाजले गित झनै आकर्षक बनेको छ ।उक्त गितमा चर्चित मोडल राजु महोत्रा , मिरा महोत्रा ,कुलचन्द्र पुरी , नबिन मरासिनी ,रक क्षेत्रि,पुस्पा के। सी ,सन्तोस शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ । गितमा चर्चित निर्देशक बिष्णु भट्टराईले सम्पादन, छायांकन र निर्देशन गरेका छन । हेरौ सोहि बियोगान्त गित