अब बुटवलमा सुबिधा सम्पन्न क्युएफ एक्स हल

१३ मंसिर २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
25 Shares


रुपन्देही/रुपन्देही डल्बी एट्मोसको ध्वनी प्रविधीसहित नेपालको सर्वाधिक ठुलो र स्तरीय मल्टिप्लेक्स क्यु एफ एक्स सिनेमाजले बुटवलको भाटभटेनीमा नयां मल्टिप्लेक्स सुरुवात गरेको छ । पछिल्लो समय बुटवलमा डिजिटल मल्टिप्लेक्स खुल्ने क्रम जारी छ । सोही अनुरुप देशैभर ११ वटा मल्टिप्लेक्समा २५ पर्दामा सिनेमा देखाइरहेको क्युएफएक्सका निर्देशक नकिम मुद्धीनले बताए । काठमाण्डौपछि बुटवलमा समेत चलचित्र हेर्ने दर्शकले प्रविधी र सुविधायुक्त तरिकाले चलचित्र हेर्न पाउन् भनेर क्युएफएकस खुलेको छ, उनले भने ।

सुतेरै चलचित्र हेर्न सकिने व्यवस्थासहितको उक्त हलमा हरेक स्थानमा टांगिएका स्पिकरले उच्चस्तरीय ध्यनी नै चलचित्र हेर्नुको मुख्य पाटो रहेको भान गराउंछ । रिगल सिनेमाजको लगानीमा खुलेको मल्टिप्लेक्समा थ्री डी प्रविधीका साथै कृष्टि प्रोजेक्सन सिस्टमको प्रयोग भएको छ । २ पर्दामा संचालन हुने अडिटोरियममा ३ सय ६८ दर्शकले चलचित्र हेर्न सक्ने क्युएफएक्सका अथोराइज्ड मार्केटर विवेक पोख्रेलले जनाए ।कम्पनीले यही महिना विराटनगरमा समेत सिनेमा हल संचालनमा ल्याउने तयारी गरेको पोख्रेलले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया