मैत्रीपूर्ण फुटवल प्रतियोगितामा सैनामैना जेसीज विजयी

प्रकाशित मिति:

सैनामैना /सैनामैना जेसीज र सैनामैना नगरपालिका बिच भएको मैत्रीपूर्ण फुटवल प्रतियोगितामा सैनामैना जेसीज विजयी भएको छ । । सैनामैना जेसीजको जेसीज सप्ताह कार्यक्रम अन्र्तगत आज सैनामैना नगरपालिकाका जनप्रतिनिधि र कर्माचारी र सैनामैना जेसीज बिच आयोजना गरिएको मैत्रीपूर्ण फुटवल प्रतियोगितामा सैनामैना जेसीजले सैनामैना नगरपालिकालाई २–० गोल अन्तरले पराजित गरेको छ ।पर्रोहा मा।वि को खेल मैदानमा भएको खेलमा पहिलो हापको २५ औ मिनेटमा सैनामैना जेसीजका जेसी कृष्ण भण्डारीले एक गोल गर्दै खेलमा अग्रता लिएका थिए ।

दोस्रो हापमा खेल सकिन मात्र ५ मिनेट बाकी छदा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसके पछी सैनामैना नगरपालिकाले हार बेहोर्नु परेको हो । खेलमा अग्रता लिएको जेसीजले खेलमा ५८ औ मिनेट पुन सैनामैना जेसीजका जेसी कृष्ण भण्डारीले थप १ गोल गरी खेल आÏनो पोल्टामा पर्न सफल भएका थिए ।खेलमा २ गोल गरेका सैनामैना जेसीजका जेसी कृष्ण भण्डारी खेलको म्यान अफ दी म्याच हुन सफल भएका थिए ।। कार्यक्रमका प्रमुख अतिथि सैनामैना जेसीजका संस्थापक अध्यक्ष रामप्रसाद अधिकारीले सैनामैनाका जनप्रतिनिधि नगरपालिकाका कर्माचारी र जेसीज युवाहरुबीच एकअपासमा मित्रता अझै प्रगाढ बनाउन र खेलकुदले स्वास्थ्यलाई फाइदा पुयाउने हुदाँ जेसीजले मैत्रीपूर्ण खेललाई निरन्तरता दिनुपर्ने बताउनु भयो ।

विजेता र उपविजेता टिमलाई सैनामैना जेसीजका संस्थापक अध्यक्ष राम प्रसाद अधिकारी, सैनामैना नगरपालिका वडा नं। २ का अध्यक्ष कामदेव भुषाल, मुर्गिया खानेपानी संस्थाका अध्यक्ष शलिकराम भण्डारीले कप र मेडल प्रदान गर्नुभएको थियो । कार्यक्रम सैनामैना जेसीजका अध्यक्ष सुवास पौडेलको अध्यक्षता तथा महासचिव गोविन्द खरेलको संचालनमा सम्पन्न भएको थियो । भने कार्यक्रम सैनामैना जेसीजका खेल संयोजक कमल रानाको संयोजन रहेको थियो ।यसैगरी सैनामैना जेसीजले जेसीज सप्ताह अन्र्तगत रहेर यस अघि ट्रफिक सचेतना, महिला शसक्तिकरण तालिम सम्पन्न गरेको छ भने जेसीज सप्ताह अन्र्तगत सैनामैना स्पिकर अफ द एयर २०१९ प्रतियोगिता हुने महासचिव गोविन्द खरेलले जानकारी गराउनु भएको छ ।