सामुदायिक वन उपभोक्ता महासंघ बर्दघाट सुस्ताको छैठो पुर्ण बैठक सम्पन्न

प्रकाशित मिति:

नवलपरासी/सामुदायिक वन उपभोक्ता महासंघ बर्दघाट सुस्ता पश्चिम नवलपरासीको छैठो पुर्ण बैठक शुक्रबार बर्दघाट २ स्थित चिसापानी सामुदायिक वनको सभाहलमा सम्पन्न भएको छ । महासंघका जिल्ला अध्यक्ष कमल परियारको अध्यक्षता तथा महासंघका प्रदेश नम्बर ५ सचिवालय सदस्य नारायण पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकले सामुदायिक वन उपभोक्ता महासंघ नेपालले मशिंर १० गते देखी २६ गतेसम्म देशैभर थालेको लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानलाई पश्चिम नवलपरासीमा निरन्तरता दिने निर्णय गरेको छ ।

बैठकले लैगिंक हिंसा विरुद्धको दिवसलाई मनाउन जिल्लामा भए गरेका कार्यक्रमहरुलाई समिक्षा गर्दै विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ । सो अवसरमा सामुदायिक रेडियो दाउन्ने बर्दघाटसंग सहाकार्य गर्दै सञ्चारमाध्यमबाट पनि सो अभियानलाई निरन्तरता दिइने, बुटवल नारायणगढ सडकखण्ड विस्तार गर्न लागेको अवस्थामा बयासी सडकको छेउछाउमा पर्ने रुखहरुको कटानको लागी आवश्यक जिल्ला वनसंग सहकार्य गर्ने, हाइटेन्सन लाइन सञ्चालन गर्न लागेको यस क्षेत्रमा आवश्यक कार्यको लागी स्थानिय जग्गा धनि, घर धनि, सामुदायिक वन लगाएतको कार्यमा जिल्ला महासंघले जिल्लाका बन र सरोकारवालाहरु सङ्ग सहकार्य र सहजिकरण गरि सहयोग गर्ने लगाएतका निर्णयहरु पनि बैठकले गरेको छ । सम्पन्न बैठकले जिल्लामा लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानलाई मनाउन शारदा पोखरेलको समयोजकत्वमा ३ सदस्यिय समिति पनि गठन गरेको छ । सो अवसरमा महासंघका जिल्लाका सम्पुर्ण पदाधिकारी लगाएतको उपस्थिती रहेको थियो ।