नजी तथा आवशीय बिद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

प्रकाशित मिति:

नवलपरासी/नजी तथा आवशीय बिद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन पश्चिम नवलपरासीको आयोजनामा शुक्रबार जिल्ल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता परासीमा सम्पन्न भएको छ । प्याब्सन नवलपरासीका जिल्ला अध्यक्ष ईन्द्र गुरुंगको अध्यक्षता तथा प्रतिनिधी सभा सदस्य तथा पूर्ब गृहराज्य मन्त्री देबेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्मुख अतिथि कण्डेलले निजी बिद्यालयहरुलाई सरकारले सकरात्मक दुष्टिकोणले हेर्नुपर्नेमा जोड दिदै शिक्षामा सामुदायिक बिद्यलायहरुको तुलनामा निजी बिद्यालयहरुको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो ।

साथै उहाँले सामुदायिक बिद्यलायहरु झै निजी बिद्यलायहरुलाई पनि संस्थागत लैजान सरकारलाई सुझाव समेत दिनुभएको थियो । कार्यक्रममा प्याब्सनका केन्द्रिय सल्लाहकार सुमन गोपाल अचार्यले निजी स्कुल संचालन प्रक्रिया अन्योलमा रहेको निजी क्षेत्रबाट चलेका कृषि क्षेत्र उद्योग व्यापर चालिरहेको अवस्थामा निजी स्कुल आवश्यक छ की छैन बहस गनुपर्ने देखिएको बताउदै सरकारले ल्याएको शिक्षा निती निजी बिद्यालयहरुप्रति बिभेद गरेको बताउनुभयो । सो अवसरमा प्याब्सनका केन्द्रिय सदस्यद्धय सुवर्ण न्यौपाने, याम बहादुर थापा, प्याब्सनका बरिष्ठ उपाध्यक्ष राधेरमण पाण्डेय, उद्योग बाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी, शिक्षा समन्वय ईकाई परासीका प्रमुख डोलराज पाण्डे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

सम्पन्न वक्तृत्वकला प्रतियोगितामा लिटिल एन्जल्स उच्च माविकि महक स्वर्णकार प्रथम, द स्पाईन सेकेन्डरी स्कुलका बादल पाण्डे दृतिय र मनकामना ईङ्गिलिस सेकेन्डरी स्कुलका सन्जना गुप्ता तृतिय भएका छन् भने आर्दश बोर्डिङ स्कुलकि सुरक्षा पाठकले सान्त्वना स्थान हासिल गर्न सफल भएको प्याब्सनका जनक अधिकारीले जानकारी दिनुभएको छ । प्रतियोगितामा जिल्लाका सात वटै स्थानिय तहबाट छनौट भएर आएका निजी बिद्यालयका बिद्यार्थीहरुको ११ जनाको सहभागिता रहेको प्याब्सनका जिल्ला सचिव बेनिराम भुसालले जानकारी दिनुभएको छ ।