हलिउड अभिनेत्री पामेलाले लेखिन् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई यस्तो पत्र

प्रकाशित मिति:

एजेन्सी /हलिउड अभिनेत्री पावेला एन्डरसनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुक्रबार एक पत्र लेखेकी छन्। उनले सो पत्रमा भारतमा शाकाहारी भोजनमा जोड दिन अनुरोध गरेकी छन्।‘बेवाच’ आइकन र ‘बिग बोस’की पूर्वअतिथि समेत रहेकी पामेलाले ‘पिपुल्स फर द इथिकल ट्रिटमेन्ट अफ एनिम्ल्स’ का तर्फबाट प्रधानमन्त्री मोदीलाई पत्र लेखेकी हुन्। पत्रमा उनले सबै सरकारी बैठक, आयोजा, सभासम्मेलन आदिमा शाकाहारी भोजलाई अनिवार्य गराउन आग्रह समेत गरेकी छन्।उनले सरकारी बैडठक र अन्य कार्यमा स्वादिष्ट शाकाहरी भोजन दिएर जलवायु परिवर्तनविरुद्ध भारतको लडाइँको नेतृत्व गर्न आग्रह गरेकी छन्।

उनले मासुजन्य पदार्थ खपतमा भारत पाँचौ मुलुक भएको बताउँदै कृषिप्रधान देशका रुपमा रहेको भारत आफैँ उत्पादन गरेको खानाले सजिलै यी हानीकारक खानलाई विस्थापित गर्न सक्नेमा आफू आशावादी रहेको बताएकी छन्।पेटाका निर्देशक कार्तिक सवैराजले ले अन्य देशहरू जस्तै न्युजील्याण्ड, चीन र जर्मनीले पनि प्रधानमन्त्री मोदीलाई शाकाहारी भोजका चरणहरू अपनाउन आग्रह गरे।मौसम परिवर्तनप्रति आफ्नो चिन्ता व्यक्त गर्दै उनले भने, ‘दिल्लीमा गम्भीर वायु प्रदूषणबाट प्रभावित प्रत्येक मानिसका लागि मेरो मुटु चिन्तित छ। म त्यहाँका बासिन्दाहरू र जनावरहरूको चिन्ता गर्दछु जसले आफ्नो अनुहारमा मास्क लगाउन सक्दैनन् वा घर भित्र बस्न सक्दैन।’त्यसमा थप्दै पामेलाले भनेकी छन्, ‘म तपाईंलाई अनुरोध गर्दछु कि तपाईं उनीहरूलाई देखाउनुहोस् कि यस मामिलामा भारत बराबर छ वा उनीहरू भन्दा धेरै।’