भीरकोटमा प्रत्येक शनिवार हाट वजार संचालनमा आउने

प्रकाशित मिति:

एशिव शरण महत/भीरकोट-स्याङ्जा जिल्लाको मध्य भाग अनि उर्वर भुमी रहेको सुन्दर मनोरम छटाले परिपूर्ण मानिने भीरकोट नगरपालिका स्थापना कालको छोटो समयमानै देशकै नमूना नगरपालिका वन्ने कसरतमा जुटेको छ । दिन प्रतिदिन विभिन्न कार्यक्रम गरी नगरपालिकाले नगरवासीलाई हर्षित वनाइरहेको वेला भीरकोट नगरपालीकाको मुख्य सहयोग र भीरकोट उद्योग वाण्ज्यि संघको सहकार्यमा शुरु गरीएको हाट वजार आज एक कार्यक्रमका विच नगर प्रमुख छायाराम खनालले शुभारम्भ गर्नु भएको छ । भीरकोट हाट बजारको उद्घाटन गर्दै प्रमुख खनालले साना देखी ठुला कृषकलाई अर्गानीक तरकारी खेतीमा लाग्न प्रोत्साहन मिल्ने र उत्पादनमा वृद्धी आई व्यवसायिक कृर्षक वन्नेमा आफू ढुक्क भएको वताउनुभयो ।

भीरकोट नगरपालिकाको सदरमुकाम बयरघारी बजार,सुन्दर बजार, हेलु बजार लगायतका नगरका व्यापारीक केन्द्रहरुलाई हप्ताको १ दिन शनिवार पसल व्यवस्थीत बन्द गर्न,गराउन र यस नगर क्षेत्र भित्र उत्पादित अर्गानीक ताजा तरकारी,फलफुल अन्नवाली, पशुपंशी र घरेलु हस्तकला लगायतका विभिन्न सरसमानहरु सहज र सुपथ मूल्यमा विक्री वितरण तथा किनमेलका लागी भीरकोट नगरपालिका १ बसपार्क स्थित सिसौघारीमा प्रत्येक शनिवार भीरकोट हाट वजार संचालनमा ल्याइएको नगर प्रमुख छायाराम खनालले वताउनुभयो । हाट वजारको शुभारम्भ कार्यक्रममा नेपाल कम्युनिष्ठ पार्टी नेकपा भीरकोटका अध्यक्ष मिन प्रसाद कोईराला, नेपाली कांगे्रस भीरकोट नगर सभापती तोयानाथ अर्याल,भीरकोट नपा वडा न. १ का वडा अध्यक्ष एंम नगर प्रवक्ता दिपेन्द्र केसी लगायतले हाट वजार थप व्यवस्थीत गर्दै आगामी दिनमा हाट वजार वाट प्रदान गर्ने सेवा सुविधालाइ थप प्रभावकारी वनाउदै प्रचार प्रसारका माध्यमले गाँउका कुना कम्चामा रहेका गुजारो कटाउन कृषी गरेका कृषक सम्क्ष पुगी कृषकको आत्मवल वढाई उत्पादमा वृद्धी ल्याउन यस भीरकोट हाट वजार लाग्नु पर्ने भन्दै यस नमुना योग्य कार्यमा सवैको साथ सहयोग गर्नुपर्ने वताए ।

भीरकोट हाट वजारको अवलोकनमा आएका सेवाग्राहीले वेला वेलामा भीरकोट नगरपालिका स्थापना नहुदै कुनै कुनै ठाउमा वजार लाग्ने गरेको सुन्नमा आउथ्यो अहिले आफ्नै आँखा अगाडी अग्रानीक ताजा गाँउका तरकारी देख्दा र किन्न पाउँदा निकै खुसी भएको भन्दै धन्यवाद दिदै तरकारी देखी अन्य घरयासी सामान किनमेल गरेका थिए । भीरकोट उद्योग वाण्ज्यि संघ वयरघारीका अध्यक्ष भक्क्त वहादुर केसीको अध्यक्षतामा सम्पन्न भीरकोट हाट वजार शुभारम्भ कार्यक्रमको संचालन महासचिव नुवादत्त अर्याल, स्वागत निर्वतमान अध्यक्ष हर्क वहादुर गुरुङ्ले र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष जगदीश कोईरालाले गर्नुभएको थियो ।भीरकोट उद्योग वाण्ज्यि संघले वजारमा रहेका विभिन्न व्यवसायीहरु र अन्य उपभोक्क्ताहरुलाई हप्ताको १ दिन वजार वन्द गरी हाट वजारमा राखिएका ताजा अग्रानीक तरकारी देखी हरेक सरसामानहरु खरीद देखी विक्री र किनमेल गर्न आग्रह समेत गरेको छ ।