एक किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

प्रकाशित मिति:

काठमाडौं/त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट एक किलो सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन् ।राहदानी नम्बर ईआई ७९९७८८२ वाहक चिनियाँ नागरिक २२ वर्षीय सा लुतुईलाई एक किलो सुन सहित शुक्रबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ

तिब्बत एयरको उडानद्धारा चीनबाट काठमाडौं आएका उनलाई भन्सार कार्यालय र प्रहरीको संयुक्त टोलीले आगमन कक्षको भन्सार वाकथ्रु गेटमा जाँच गर्ने क्रममा शरीरमा शंकास्पद बस्तु रहेको मेटल डिडेक्टरले संकेत गरेपछि नियन्त्रणमा लिएर केएमसी सिनामंगल लगि एक्सरे गर्दा मलद्वारभित्र ४ वटा टुक्रामा लुकाइ ल्याएको उक्त परिमाणको सुन निकालिएको थियो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।