साना किसाना कृषि सहकारी संस्था लि माकर को २२ औं वार्षिक साधारणसभा सम्पन्न

प्रकाशित मिति:

रामु भुषाल/नवलपरासी-पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ मा अवस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड माकरको २२ औं वार्षिक साधारणसभा शुक्रबार बर्दघाटमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पशुपति न्यौपानेको अध्यक्षता तथा प्रदेश नम्बर ५ का प्रदेश सदस्य दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यता एवं बर्दघाट नगरपालिका नगर प्रमुख धिरज शर्मा बस्यालको विशिष्ट अतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले अहिले राज्यको तिनै तहको सरकारले राज्यले लिएको समृद्ध राष्ट् सुखि नेपालीको लक्ष्यलाई अगाडी बढाउनका लागि काम गरिरहेको र सो लक्ष्यमा पुग्न कृषिलाई विशेष प्राथमिकतामा राखि व्यवसायिक र अत्याधुनिक कृषि प्रणाली लागु गरे मात्रै सम्भव हुने बताउदै प्रदेश सरकारले कृषिमा अनुदानको व्यवस्था गरेको बताउनुभयो ।

सो अवसरमा विशिष्ट अतिथिको रुपमा बोल्दै नगर प्रमुख बस्यालले सहकारीहरुलाई नियमन र प्रभावकारी बनाउने उद्धेश्यले नगरले सहकारी ऐन बनाइसकेको र नियमावली बनाएर कार्यान्वयन गर्ने तयारीमा रहेको बताउदै किसानलाई उत्पादनमा जोडदै आय आर्जन तर्फ उन्मुख बनाउने उद्देश्यले किसानहरुलाई प्राथमिकतामा राखि नगरका केहि क्षेत्रलाई पकेट क्षेत्रको रुपमा विकास गर्दै लगिएको र सहकारीहरुले पनि एक उत्पादनलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष न्यौपानेले बर्दघाट नगरपालिका भित्रका ७ वटा वडा र प्रतापपुर गाउपालिकाका २ वटा वडालाई समावेश गरि ११ वटा अन्तरसमुह गठन गरि सेवा दिदै आएको गत आर्थिक वर्षको अन्त्य समयमा ३ सय ४३ वटा समुह बनाई १८ सय ११ जना महिला सदस्य र ५सय ५७ पुरुष सदस्य गरि २३सय ६८ जना शेयर सदस्य आवद्ध रहेको बताउनुभयो । साथै उहाले संस्थाले नेपाल सरकार तथा साना किसान विकास लघुवित्त, वित्तय संस्थाको सहयोगमा पशुधन सुरक्षण कार्यक्रम समेत लागु गरेको र आर्थिक बर्ष ०७५,०७६ मा विमित पशुहरुको क्षतिबापत २ लाख ४१ हजार ५ सय रुपैया किसानलाई प्रदान गरिएको बताउनुभयो ।

कार्यक्रममा लेखा परिक्षणको प्रतिवेदन लेखा सहायक सुजन भुसालले रु ३९ करोड ४३ लाख ६६ हजार ४ सय ९७ बराबरको आयव्यय विवरण प्रस्तुत गर्दै हाल सम्म संस्थाले रु १ करोड २३ लाख १९ हजार ३ सय ३७ बराबरको नाफा गर्न सफल रहेको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै लेखा समितीको प्रतिवेदन लेखा संयोजक नारायण प्रसाद अधिकारीले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा साना किसाना लघुवित्त संस्था लिमिटेड बुटवलका प्रमुख शिबहरि आर्याल, कृषि सहकारी संघका जिल्ला अध्यक्ष उपेन्द्रमान प्रधान, साना किसाना सहकारी संस्था त्रिवेणीकी व्यवस्थापक सरिता भट्टराई , दाउनने देवी महिला बहु उद्धेश्य सहकारी संस्था बर्दघाटकी अध्यक्ष देवी पौडेल ,शेयर सदस्य चन्द्रबहादुर बुढा,पुन्यवती शर्मा लगाएतले मन्तव्य राख्नु भएको कार्यक्रममा उत्कृष्ट कृषक, जेष्ठ सेयर सदस्य, एस ई ई मा उत्कृष्ट अंक प्राप्त गर्ने सेयर सदस्यका छोरा छोरी, उक्त्कृष्ट कचत गर्ने समुह र उत्कृष्ट कर्मचारी लगाएतलाई सम्मान गरिएको थियो । संस्थाकी उपाध्यक्ष नमुना घिमिरेको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन संस्थाका प्रबन्धक लोक नाथ भण्डारीले गर्नुभएको थियो ।