बासाबसहीको खेलमैदानमा शनिबार देखी दोस्रो वडाध्यक्ष कप पुरुष फुटबल प्रतियोगिता सुरु

प्रकाशित मिति:

नवलपरासी/वडा स्तरिय युवा तथा खेलकुद सञ्जाल समिति सरावल १ पश्चिम नवलपरासीको आयोजनामा दोस्रो वडाध्यक्ष कप पुरुष फुटबल प्रतियोगिता शनिबार देखी सरावल १ स्थित बासाबसहीको खेल मैदानमा सुरु भएको छ । सञ्जालका अध्यक्ष फरेन्द्र चौधरीको अध्यक्षता तथा सरावल वडा नम्बर १ का वडाध्यक्ष भेष नारायण चौधरीको प्रमुख आतिथ्यता एवं एन्फा नवलपरासीका जिल्ला सल्लाहकार नारायण पाण्डे र वडा नम्बर १ की महिला वडा सदस्य राधा देवी चौधरीको विशिष्ट आतिथ्यतामा मपन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले खेलकुद हार र जितको लागी भएको भन्ने भनाई रहेतापनि खेलकुद मानिसका लागि अपरिहार्य रहेको बताउदै सरावल गाउपालिकाले गाउपालिका भित्रका विभिन्न खेलकुदका खेलाडिहरुलाई अगाडी बढाउन बजेट छुट्टायाएको बताउदै अध्यक्ष चौधरीले सरावल गाउपालिका भित्रका सम्पुर्ण खेलाडिलाई खेलकुदको बिकासका लागि आफुले सकेको खेलको प्रबद्र्धन गर्दै अगाडी बढ्न आग्रह गर्दै कार्यक्रमको सफलताको शुभकामना समेत ब्यक्त गर्नुभयो ।

कार्यक्रममा विशेष अतिथिहरु जिल्ल समन्वय समिति सदस्य आशा चौधरी, वडा सदस्य गोरे राना मगर अतिथिहरु रजहा बनबाटिका बासाबसहीका अध्यक्ष कृष्ण भुसाल, बसन्त हरियाली सामुदायिक वनका अध्यक्ष पशुपति चौधरी, खेल प्रेमी विजय गुंरुग, समाजसेवी, पर्शुराम चौधरी, भुपु खेलाडी रुप बहादुर झेडीमगर लगाएतको आतिथ्यता रहेको थियो । बसन्तपुर जेनिथ ईग्लिश बोर्डिंग स्कुलका प्रिन्सिपल विष्नु चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सगरमाथा कल्ब अध्यक्ष टापेन्द्र न्योपानेले गर्नुभएको थियो । सो अवसरमा प्रतियोगिताको पहिलो खेल अन्र्तगत शनिबार द मेजर स्पोर्ट क्लब पथरहिया र तिलकपुर युवा क्लब तिलकपुर बीच सम्पन्न भएको खेलमा अहिले पथरहीयाले १, ० गोल अन्तरले विजयी भएको छ भने आइतबार सौगात सामुदायिक विकास प्रतिष्ठान युवा क्लब बसही र ब्रह्मा युवा क्लब बासा बीच खेल हुने आयोजकले जनाएको छ । सो वडाका ८ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुनेले नगद रु १० हजार ५ सय ५५ सहित मेडल र प्रमाणपत्र, दोस्रो हुनेले नगद रु ८ हजार ८ सय ८८ सहित मेडल र प्रमाणपत्र र सेमिफाइनमा स्थानमा बनाएका दुई टिमलाई सन्तावना स्वरुप नगद रु २५, २५ सयका दरले पुरुष्कार प्रदान गरिने आयोजकले जनाएको छ ।