पुर्व प्रधानमन्त्री डा.भट्टराइको विरोध किन?

हरी भट्ट 

प्रकाशित मिति:

हरी भट्ट 

संसारमा कुनै पनि सैद्धांतिक विचार,धार्मिक,सामुदायिक,जातिय पहिचान स्वभाव भिन्न प्रवृति फरक-फरक नभएको कोही कुनै कुनामा पनि हुदैन र छैन।भिन्न स्वभाव,आस्था,विचार,प्रवृति नै मानव जातीको विशेषता एवं सुन्दरता हो।लैंगिक समनताको किसिमबाट हामी सबै एक हौ तर स्त्री,पुरूष मात्र फरक छौ।धार्मिक विश्वास अनेक छ तर गन्तव्य एक छ।सैद्दान्तिक र राजनैतिक आस्था अनुसार अवलम्वन गर्ने बाटो र पुग्ने उचाइ पनि फरक-फरक हुन्छ।

परिवर्तनको संया दिएर संसारमा कयौ दन्द्दहरू भएकाछन्।समाज परिवर्तनको लागि दन्द्द नराम्रो विषय भने होइन तर जब दन्द्दले हिंसात्मक बाटो लिन्छ तब भने दन्द्द सबैकोलागी हानिकारक हुन्छ।नेपालमा पनि २०५२ फागुन १गतेबाट तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओबादी को नाममा सरकारसंग सशस्त्र युद्दको घोषणागरि हिंसात्मक दन्द्दको औपचारिक थालनी गरियो जसको श्रीगणेश ने.क.पा.माओबादी ले गर्यो भने त्यसको कमाण्डर प्रचण्ड र डा.भट्टराइ लगाएतका केही व्यक्तीहरूले गरे जो जग ज़ाहेर छ।
विद्रोहको नेतृत्वगरि १० बर्षसम्म सशस्त्र दन्द्दको नेतृत्वकर्ता प्रचण्ड र बाबुराम “शान्ति संझौता”हुदै निर्वाचन पश्चात बनेका सरकारको बागडोर क्रमश:२ र १ पटक सम्हालिसकेका छन्।त्यही हिंसात्मक दन्द्दको कमाण्डर मध्येका एक पुर्व प्रधानमन्त्री डा.भट्टराइ हाल अमेरिका भ्रमणमा निस्किएका छन्।भ्रमणको क्रममा आयोजनागरिएको भेटघाटमा नेपाली दाजुभाइ,दिदीबहीनीहरूले विगतमा लालध्वज उपनामले चिनिने वावुराम र उनको पार्टीले गरेको मानबअधिकार हनन् र मानवताविरूद्दको अपराधको विषयमा असै्हे ठानेर विरोध गर्नुभएको छ।यस प्रकारको विरोध किन? के का लागि?कहिले सम्म?भन्ने विषयमा यो पंक्तिकारलाइ केही लेख्न मन लाग्यो।हरेक क्रियाको सकारात्मक र नकारात्मक प्रतिक्रिया हुनु स्वभाविक हो र जरूरी छ तर यथार्थ वास्तविकता भने फरक हुने गर्दछ र छ पनि जुन सबैले बुझ्न,बुझाउन र मनन गर्न अपरिहार्य छ।

२०५२ साल फागुन १ बाट शुरूभएको हिंसात्मक दन्द्वकोक्रममा नेपालमा क़रीब १७ हजार भन्दा बढीको अनाहकमा ज्यान गयो,कयौ अंग भंग भएर अपागं जीबन विताउन बाध्य छन्,कयौ ले १० बर्ष आन्तरिक शरणार्थी(विस्थापित)भएर जीवन गुजारा गर्नु पर्यो,कयौ आमाहरूले सिन्दुर पुछ्नु पर्यो,कयौ ले अभिभावक गुमाएर टुहुरा वन्नु पर्यो ,कसैले आफन्त गुमाउनुपर्यो मैले यस किसिमको मानवीय एवं भौतिक क्षतिहरूको वर्णन गरेर संभव भएन।यसकिसिमको पीडालाइ राज्यले कति उपेक्षा गरेको छ त्यो अर्को पाटो हो।हिंसात्मक दन्द्दको क्रममा बर्दीधारी,हतियारधारी विचमा युद्दहुनु मर्नु मार्नु हिंसाको ख़राब नियति हो।तर डा.भट्टराइले उठाएको बन्दुकले युद्दसंग पटक्कै सरोकार नराख्ने माओबादी सिद्दान्त र विचार संग असहमत हुनुभएका निर्दोष किसान,शिक्षक,पत्रकार,फरक राजनैतिक व्यक्ति,समाजको अगुवाहरू कयौलाइ खुकुरीले दुइ टुक्रा पारियो ,कयौलाइ जिउदै पुरियो,कयौलाइ गोलीले उड़ाइयो त कयौलाइ एवुसमा उडाइयो।लम्जुडंमा रूखमा झुण्डाइ गोली ठोकिनुभएका शिक्षक तथा मानब अधिकार अभियन्ता मुक्तीनाथ अधिकारी हुन् या समाचार नलेखेको निहुमा जुउदै पुरिएका दैलेखका प्रत्रकार डेरेन्द्र थापा हुन् या गोरखाका युवा नेता श्यामसुन्दर हुन् या सेनाले हत्या गरेको मैना सुनार बहीनी हुन्,स्कुल गएका कलिला बालवालिका जो स्कुल बस भित्र जल्न बाध्य भए,बादरमुढे एम्बुसको नरसंहारमा पर्नुभएका महानुभावहरू किन नहुन् यी सबैले डा.भट्टराइको युद्दमा कुनैपनि सरोकार राख्दैनथिए ।संक्षिप्तमा यी त प्रतिनिधी घटनाहरू मात्र हो।तर डा.भट्टराइ र उहाहरूले अंगालेको सिद्धान्त स्वीकार नगरेको कारणबाट मानिसको स्वतन्त्रतापुर्वक बाच्न पाउने,अभिव्यक्ति राख्न पाउने,लेखन पाउने,सिद्धान्त अबलम्बन गर्न पाउने नैसर्गिक अधिकार बाट बंचित गराउन अत्यन्त कारुणिक तरिकाबाट विभत्स ढंगबाट भौतिक कार्बाहीको नाममा जुन-जुन हत्या गरियो जुन “मानव अधिकारको ठाडो उलंधन हो र मानवता विरूद्दको जघन्य अपराध हो।”नेपाल सरकारले मानवता विरूद्दको अपराधको अन्तराष्ट्रीय संन्धी-सम्झौतामा हस्ता़क्षर गरेको छ र संयुक्तराष्टसंघको सदस्य राष्ट पनि हो।त्यसकारणले नेपालको भौगोलिक सिमा भित्र भएका यसकिसिमको जघन्य मानवअधिकार हनन् र मानवता विरूद्दको अपराध भएका घटनाहरूमा युद्दको नियम पालन भए नभएको र मानव अधिकार तथा मानवता विरूद्दको अपराधको बिषयमा अन्तराष्टिय मान्यताको कानुनलाइ पालन गर्ने र गराउनु पर्दछ।
तयर्थ हिजोका दिनमा भएको हिंसात्मक दन्द्दलाइ शान्ति सम्झौता मार्फ़त प्रजातान्त्रीक अभ्यासमा आउनुभनेको हिजो जे भयो भयो त्यसलाइ भुलौ भनेको कदापि होइन।शान्ति अपरिहार्य छ।शान्ति अमयनचैन क़ायम गरौ तर हिजोको दन्द्दको समयमा भएको मानबअधिकार उलंधन र मानवता विरूद्को अपराधमा राज्य वा विद्रोही जहाँ जो दोषी छ उसलाइ कानुनी कठाघारामा ल्याउ भन्ने हो।”शान्तिको नाममा संसारमा न्यायलाइ कहि पनि थाती राखिएको छैन।शान्ति र न्याय संग-संगै जानुपर्छ।”Forgive but Never Forget”माफ गर तर कहिल्यै नभुल “यसको सार पनि यहि हो।

संवैधानिक राजतन्त्र,लोकतन्त्र हुदै आज मुलुक संघिय गणतंत्र मा आएको छ।ती पुराना व्यवस्था फाल्यौ गणतन्त्रमा आयौ कहॉ पुरानो कुरा सम्झने हिजोका करा विर्सौ “Forgive Never Remember”क्षमा गरिदेउ र कहिल्यै नसम्झ भनेर चुनाबमा भोट माँगे त्यो अधिकार डा.भट्टराइलाइ छैन।भट्टराइ माओबादी पार्टी परित्याग गरि नयॉ पार्टी खोल्दैमा र प्रचण्डले माओबादी पार्टी अर्कोमा विलय गराउदैमा हिजोका अपराधबाट मुक्ती कदापि पाउदैनन्।हिजोको हिंसात्मक माओबादी बिद्रोहको कमाण्डरको हैसियलले कयौ पटक उहॉहरूले सम्पुर्ण ज़िम्मेवारी लिन तयार छौ भनेर भाषण गरेका पनि छन् र लिनु पनि पर्दछ।तयर्थ जसले मानवता विरूद्दको अपराधमा प्रतक्ष वा अप्रतक्ष रूपमा सहयोग पुर्याउछ वा नेतृत्व गर्छ गराउछ,गरेको हुन्छ,हिंसात्मक राजनीतिको नेतृत्व गरेको हुन्छ उसले ज़िम्मेवारी लिनु पर्छ।संसारको कयौ मुलुकहरूमा शान्ति कायम भएको कयौ बर्ष पछाडी मानवता विरूद्दको अपराधमा संलग्न भएकाहरूलाइ तथा हिंसाको नेतृत्व गर्ने नेतृवकर्तालाइ उनिहरूको स्वीकारोक्ति पछाडी दण्ड सजाय दिएको ज्वलन्त उदाहरणहरू हामी माँझ छन्।त्यसकारण डा.वावुराम भट्टराइको विरोध प्रजातान्त्रीक स्वतन्त्रताको सॉकेतिक विरोधको सभ्य स्वरूप हो।यो विरोध भित्र लालध्वज नामक डा.भट्टराइले हिजोको दन्द्दको समयमा गरेका “मानबअधिकार उलंधन र मानवताविरूद्द अपराधको “विरोध स्वरूप प्रजातन्त्र र मानवअधिकारको रक्षार्थ “दण्डहिनता”विरूद्द स्वत स्फूर्त आवाज हो ।

गोर्खा २ हाल अमेरीका केलीर्फोनीया