एक दिने निशुल्क स्वास्थ्य शिबिर संचालन

प्रकाशित मिति:

बुटवल/मकालु स्वास्थ्य उपचार केन्द्र प्रा।लि। बुटवलले आफ्नो संस्थाको बार्षिक उत्सबको अवसर पारि बुटवलमा एक दिने स्वास्थ्य शिबिर संचालन गरेकोछ।
स्वास्थ्य मानिसको अमूल्य सम्पत्ति हो उक्त सम्पत्तीको समयमै सुरक्षा गर्न सके दिर्घजीवन बिताउन सकिन्छ भन्ने सोंचका साथ मकालु स्वास्थ्य उपचार केन्द्र प्रा।लि। बुटवलले निशुल्क शिबिर संचालन गरिएको केन्द्रका प्रोप्राइटर राजु थापाले बताउनु भएकोछ।

भारतिय राजदुताबास,काठमाण्डौमा कार्यरत बरिस्ठ डाक्टर अर्बिन्द्र कुमार सिह लगायतको चिकित्सक टोलीहरुद्वारा स्वास्थ्य परिक्षण गरिएको शिबिरमा २८ जना पुरुष २४ महिला गरि ५२ जना बिरामीहरुले रोगको परिक्षण गराएका थिए।सो स्वास्थ्य शिबिरमा म्याग्दिका ८२ बर्षिय बृद्ध लाल बहादुर छ्न्त्याल सहित ५ जना बृद्ध बृद्धाहरुले समेत आफ्नो स्वास्थ्य परिक्षण गराएको प्रोप्रईटर राजु थापाले जानकारी गराउनु भएकोछ।स्वास्थ्य शिबिरमा स्वास्थ्य परिक्षण गराएका सेवाग्राहीहरुलाई ल्याब परिक्षणमा र औषधीमा १० प्रतिशत र थेरापीमा ४५ प्रतुशत छुट समेत उपलब्ध गराइएको थियो।