निर्बाचन अपडेट :चितवनका सबै वडामा नेपाली कांग्रेसको अग्रता

प्रकाशित मिति:

चितवन / आज भएको उपनिर्वाचनको मत परिणाम अनुसार चितवनको सबै वडामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।पछिल्लो मतपरिणाम अनुसार भरतपुर महानगरपालिका वडा नम्बर १६ मा नेपाली काङ्ग्रेसका उम्मेदवार अमृत हमाल २५८ मतले अगाडि रहेका छन् ।१२२९ मत गणना भइसक्दा उनले ७३० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका भक्तराज हमालले ४७२ मत प्राप्त गरेका छन् । २० मत भने बदर भएको छ ।

त्यस्तै यता खैरहनीमा नगरपालिकाको वडा नम्बर ४ मा नेकपा बेद बहादुर अधिकारी ४ सय ४०, नेपाली काङ्ग्रेसका देव बहादुर बस्नेतले ५ सय २५ मत प्राप्त गरेका छन् ।यस्तै खैरहनी ५ मा नेकपा पुननारायण प्रधान ४ सय ५३, नेपाली काङ्ग्रेसकी प्रतिमा कार्कीले ५ सय ५ मत प्राप्त गरेकी छन् ।