बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा ढालेन्द्र शेरचन निर्वाचित

प्रकाशित मिति:

बागलुङ / बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर २ को वडाअध्यक्षमा ढालेन्द्र शेरचन निर्वाचित भएका छन् । ७०४ मत प्राप्त गर्दै बाम गठबन्धनबाट उम्मेदवार बनेका शेरचन निर्वाचित भएका हुन् ।

शेरचनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डिल बहादुर रानाले ४ सय १२ मत प्राप्त गरेका छन् । त्यस्तै समाजवादी पार्टीका हरिलाल रानाले ६ मत प्राप्त गरेका छन् ।निर्वाचन अधिकृतको कार्यालयका अनुसार १२ मत बदर भएको छ ।