जनताले अपनत्व गर्ने गरि विकासका काम गर्छौ : पुर्वाधार विकास मन्त्री चौधरी

प्रकाशित मिति:

रुपन्देही/सैनामैनाको विकास गर्दा अव लुम्बिनी संग जोडेर गरिने प्रदेश ५ का भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताउनुभएको छ । सैनामैना नगर विकास समितिका पदाधिकारीहरुको पदास्थापना कार्यक्रममा बोल्दै शान्तिका अग्रदुत गौतमको काखमा रहेको सैनामैेनालाई सवैले अपनत्वबोध हुने गरि विकास गरिने जिकिर गर्नुभयो । तिनै तहका सरकारले विकासका कामलाई तिव्रता दिएको दावि गर्दै मन्त्रि चौधरी सम्बृद्ध नेपाल निर्माण गर्न जनप्रतिनिधीको एकल प्रयासले नहुने बताउदै सवैको साथ सहयोग अपरिहार्य रहने विश्वास ब्यक्त गर्नुभयो ।

आफनो निर्देशन बमोजिम सैनामैना नगरपालिकाले चक्रपथ निर्माणका कामलाई तिव्रता दिएको प्रति खुशी ब्यक्त गर्दै भौतिक पुर्वाधार मन्त्री चौधरीले सैनामैना खेलकुदको उर्वराभुमि भएको हुदाँ खेलकुद मैदानका लागी प्रदेश सरकारले आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।फरक प्रसंगमाा बोल्दै मन्त्रि चौधरीले बर्तमान सरकारले गरेका राम्रो कामलाई पनि नराम्रो भनि भ्रम फैलाउनेहरुको पछाडि नलाग्न सवैलाई आग्रह गर्नुभयो ।उहाँ भन्नुहुन्छ “सैनामैना बुद्धकालिन सभ्यता संग जोडिएको नगरपालिका हो,यसको विकास लुम्बिनी संग जोडेर गरिने छ , यसमा प्रदेश सरकारको साथ र सहयोग रहने छ । ”सैनामैनामा ५ देखि ६ करोडको लागानिमा स्मार्ट सौचलय बनाईने, खेलमैदान, फोहोरमैला ब्यवस्थापन लागि रकम विनियोजन गरिएको मन्त्री चौधरीले जानकारी दिनुभयो ।यस्तै कार्यक्रममा प्रदेश सभाका सदस्य तथा नेकपका प्रमुख सचेतक भुमिश्वर ढकालले सैनामैनाको विकासका लागि प्रदेश सरकारले सहयोग गरिरहेको बताउनुभएको छ । उहाँले विकास निर्माणको बृहत अभियानमा सहकार्य आवश्यक पर्ने हुदा सवैले हातमा हात,काधमा काध मिलाएर अघि बढ्ने दिन आएको तर्क गर्नुभयो । नमुना सैनामैना बनाउन नगरपालिकाले विभिन्न कानुन,गुरुयोजना समेत तयार गरिसकेको भन्दा अवको विकासका अनुभुति गर्न पालो जनतामा आएको धारणा राख्नुभयो । देशले सराना गर्ने नगरपालिकाको रुपमा विकास गर्ने दृढता ब्यक्त ढकालले गर्नुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य कमलादेवि विश्वकर्माले सैनामैनाले पुर्वाधारको विकासमा मात्र नभई महिलाको क्षेत्रमा पनि महत्वपुर्ण काम गर्दै आएको बताउनुभयो ।उहाँले महिलाहरुको क्षमताविकास,उनीहरुलाई आत्मनिर्भर गराउन सिपमुलक कार्यक्रम नगरपालिकाले गरिरहेको प्रति धन्यवाद ब्यक्त उहाँले गर्नुभयो । नगरपालिकाले सारेका योजनालाई मुर्त रुप दिन प्रदेश सरकारले पनि सहयोग गर्ने बताउनुभयो ।सर्वपक्षीय निर्णय अनुसार नगरपालिकाले कार्यहरु सम्पादन गर्दै आएको नेपाली कांग्रेसका उपसभापति फणिन्द्र प्रसाद शर्माले बताउनुभएको छ । विकास निर्माणको सवालमा प्रतिद्धन्द्धी भन्दा एकता र साझेदारीको आवश्यक रहेको बताउदै राम्राका कामको सराना र जनता विपरित हुने कार्यको प्रतिवाद कांग्रेसले गरिरहेको शर्माले बताउनुभयो ।अव बनेको समितिले समग्र नगरपालिकाको विकासमा नेतृत्वदायि भुमिका खेल्ने सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले बताउनुभएको छ । नगरको समृद्धिका लागी नगर विकास समिति गठन गरिएको दावि गर्दै मेयर कार्कीले विकासका लागि नगर वासीहरुले चासो दिनु पर्नेमा जोड दिनुभयो । उहाँले नगरपालिकाले लिएको करले जनताका माग तथा समस्या समाधानमा लगाइने बताउदै पुर्वाधार विकास मात्र नभई हरेक क्षेत्रलाई उच्च महत्व दिएर विकास गरिने मेयर कार्कीले बताउनुभयो ।कार्यक्रममा सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीको संयोजकत्वमा नवगठित नगरविकास समितिको सदस्यहरुमा खुशीराम चौधरी,मिन प्रसाद पौडेल,नारायण न्यौपाने,राम प्रसाद अधिकारी,सुनिल मरासिनी,डोलराज भण्डारी,पर्शुराम सापकोटा,रामशरण न्यौपाने,जिल्ला समन्वय समिति,जिल्ला प्रशासन कार्यालय प्र्रतिनिधी,मालपोत कार्यालय बटवलका प्रतिनिधी र सदस्य सचिब नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारी लगायतले पदभार ग्रहण गराइएको सैनामैना प्रेस संयोजक टिका खरेलले जानकारी दिनुुभयो । यस्तै समितिको सल्लाहाकारमा फणिन्द्र प्र्रसाद शर्मा,नर बहादुर घर्तिमगर, छविलाल घिमिरे,डिल्लीरा ज्ञवाली,रण बहादुर खनाल लगायत रहनुभएको छ । यसैगरि पुर्व नगरविकास समितिका पदाधिकारीहरुलाई विदाई गरिएको हो ।सैनामैना ८ रामापुर स्थित सतचिन्तन प्रतिष्ठानको हलमा भएको कार्यक्रम सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीको अध्यक्षता,प्रदेश ५का भौतिक पुर्वाधाार विकास मन्त्री बैजनाथ चौधरी,प्र्देश सभा सदस्य तथा नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकाल र प्रदेश सदस्य कमलादेवि विश्वकर्माको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।कार्यक्रममा नगरउपप्रमुख विना रानाको स्वागत तथा नगर कर्मचारी सन्तु कुमार चौधरीकोे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

थप समाचार