सर्लाहीको हरिपूर्वामा समाजवादी पार्टी विजयी

प्रकाशित मिति:

सर्लाही/सर्लाहीको हरिपूर्वा नगरपालिका–१ मा आज वडाध्यक्षको लागि भएको उपनिर्वाचनमा समाजवादी पार्टीका उम्मेदवार श्यामबाबु राय ३४७ मत ल्याएर विजयी भएका छन् ।त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका राम विश्वास राय ३२८ मत ल्याएका छन्, भने नेकपाका उम्मेदवार दोस महम्मद अन्सारी पनि ३२८ मत ल्याएर पराजित भएका छन् राजपाका उम्मेदवार राम विश्वास राय र दोस महम्मद अन्सारीको समान मत रहेको छ । जनमत पार्टीका उम्मेदवार दिनेश यादवले ५२ मत प्राप्त गरेका छन्, भने नेपाली काँग्रेसका उम्मेदवार रामपृत पासवानले २३ मत मात्र प्राप्त गरेका छन् ।

१५ मत बदर भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।निर्वाचित वडाध्यक्ष श्यामबाबु रायलाई प्रमाणपत्र प्रदान गरिसकेको उनले बताए । वडाध्यक्षका लागि आज भएको उपनिर्वाचनमा करीब ८१ प्रतिशत मत खसेको थियो । एक हजार ३५६ मतदाता रहेकोमा एक हजार ९३ मत खसेको थियो ।बिहान ७ बजेदेखि शुरु भएको मतदान शान्तिपूर्ण रुपले साँझ ५ बजे सम्पन्न भएको थियो । चुनावका लागि दुईवटा मतदान केन्द्र तोकिएको थियो । मतदानको लागि क र ख गरी दुई वटा मतदान केन्द्र तोकिएको थियो ।मतदानमा ५८८ जना पुरुष र ५७५ जना महिलो मतदान गरेको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिए ।तत्कालीन एमालेबाट निर्वाचित वडाध्यक्ष इसाक अन्सारीको मृत्युभएपछि हरिपूर्वा– १ मा उपनिर्वाचन भएको हो ।