लमजुङमा नेकपाका नविनकुमार श्रेष्ठ भारी मतले विजयी

प्रकाशित मिति:

लमजुङ/ लमजुङको सुन्दरबजार नगरपालिका २ परेवाडाडामा वडाअध्यक्ष पदको लागि भएको निर्वाचनमा नेकपा उम्मेद्वार नवीनकुमार श्रेष्ठ भारी मतले विजयी भएका छन् ।उनले ९८९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रत्यासी नेका प्रकाश सेढाईले ४८४ मत, राप्रपाका पवनराज बसौलाले १६ मत, मंगोल अर्गनाइजेसनका राम्जी दजीर्ले ८ मत प्राप्त गरेका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेद्वार कृष्ण बहादुर केसीले १२ मत ल्याएका छन् । ३ मतदान केन्द्रमा जम्मा १५२३ मत खसेको थियो, जसमध्ये १२ मत बदर भएको छ ।कांग्रेस उम्मेद्वार सेढाईले विजयी श्रेष्ठलाई खादा ओढाएर बधाई दिएका छन् । उनले विकासमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गाउँको विकासमा सदैव जनतामाझ रहेर काम गर्ने नव निर्वाचित अध्यक्ष श्रेष्ठले बताएका छनयसअघि वडाअध्यक्ष पदमा निर्वाचित नेकपाका लोकराज पाण्डे जिल्ला समन्वय समितिमा निर्वाचित भएपछि वडा अध्यक्ष पद रिक्त थियो ।