तारजालीभित्र कास्की –२ को मतगणना शुरु

प्रकाशित मिति:

पोखरा/ कास्की –२ को मतगणना तारजालीभित्र शुरु गरिएको छ । जिल्ला समन्वय समितिको सभाहलमा फलामे तारजालीभित्र साढे १० बजेबाट मतगणना शुरु भएको हो ।शनिवार आज उपनिर्वाचन सकिएसँगै विभिन्न मत केन्द्रबाट मतपेटिका संकलन गरिएको थियो । सर्वदलीय बैठक बसेपछि मतगणना शुरु गरिएको हो ।मतगणनास्थलको सुरक्षाका लागि दुई वटा सिसी क्यामेरा जडान गरिएको छ भने बाहिरबाट तार जालीले घेरिएको छ ।

उम्मेदवारको प्रतिनिधिले गणनामा कुनै पनि बाधा अवरोध पु¥याउन नपाउन् र गैरकानूनी कार्य रोक्नका लागि तारबार लगाइएको बताइएको छ ।कास्कीमा ११ दल र १० स्वतन्त्र गरी २१ जना उम्मेदवार चुनावी मैदानमा छन् ।नेकपा उम्मेदवार विद्या भट्टराई र कांग्रेस उम्मेदवार खेमराज पौडेलबीच मुख्य प्रतिस्पर्धी हुने अनुमान गरिएको छ ।