केम्पोको पदस्थापन सम्पन्न , पत्रकार न्यौपाने सम्मानीत

प्रकाशित मिति:

बुटवल/नेपाल केम्पो खुकुरी मार्सल आर्ट संघको प्रदेशस्तरको भेला शनिबार बुटवलमा सम्पन्न भएको छ । भेलाबाट विष्णु ढकालको अध्यक्षतामा नया निर्वाचित समितिका पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सभा सदस्य दधिराम न्यौपानेले खेलकुदको बिकासका लागी प्रदेश सरकार सदैब लागीपर्ने बताए । राष्ट्रको लागि खेल, स्वस्थ्यको लागि खेल भन्ने मुल नारालाई सार्थक बनाउन सबै खेलप्रेमीहरु लाग्नुपर्नेमा जोड दिदै उनले मार्सल आर्ट खेलको माध्यमले पनी देशलाइ चिनाउन मदत पुग्ने बताए ।

कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष तथा एशिया उपाध्यक्ष पुर्ण प्रसाद पाण्डेले नेपालको पहिचानका रुपमा खुकुरी जोडिएको खेल र अन्तराष्ट्रिय स्तरमा देशको नाम चिनाउन सकेको बताए । हरेक जिल्लामा सय जना खेलाडी उत्पादन गर्ने लक्ष्यसहित अघि बढ्न उनले सुझाव दिए । अन्तराष्ट्रिय स्तरमा देश र खेलको पहिचान बनाउन सफल रहेको बताए ।प्रदेश अध्यक्ष विष्णु ढकालले क्याम्पो खुकुरी मार्शल आर्ट खेलमा नया विद्या भएको बताए । छोटो समयमा प्रदेशमा संगठन विस्तार र खेलाडीहरु बढाउने काममा सफलता हासिल गरेको उनले बताए । संघका के उपाध्यक्ष सागर पाण्डे, संघका प्रदेश उपाध्यक्ष अमृत बश्याल, महासचिव राजकुमार पाण्डे, जिल्ला सचिव उमेश अधिकारीले खेल विकासमा सबै क्षेत्र लाग्नुपर्ने बताए । खेलको विषय र परिचय दिने खेलाडीहरुले डेमोस्ट्रेसन प्रस्तुति दिएका थिए ।

पत्रकार दिपक न्यौपाने सम्मानीत नेपाल केम्पो खुकुरी मार्सल आर्ट संघको प्रदेशस्तरको शनिबार बुटवलमा सम्पन्न भेलामा युवा पत्रकार दिपक न्यौपाने सम्मानीत भएका छन । पत्रकारीता क्षेत्रमा रही खेलकुदलाइ बिभिन्न सन्चारमाध्यमबाट प्रकाशन तथा प्रसारण गरी यस क्षेत्रलाइ चौतर्फी रुपमा बिकास गर्न खेलेको भुमीकाको कदर गर्दै सम्मान गरिएको हो । प्रमुख अतिथी प्रदेश सभा सदस्य दधिराम न्यौपानेसगै सघंका पदाधिकारीहरुले सम्मान गरेका थिए ।
पत्रकारिताबाट खेल क्षेत्रको प्रचारप्रसारमा योगदान दिएका पत्रकार स्वस्तिक श्रेष्ठ र खेल क्षेत्रको विकासमा योगदान दिएका खेलाडी शरण कुमार शाहीलाइ पनी सम्मान गरिएको थियो ।