उप- निर्बाचन अपडेट : प्रदेश ५ मा कहां कस्ले जित्यो ?

प्रकाशित मिति:

बुटवल/ प्रदेश ५ का विभिन्न जिल्लामा भएका उपनिर्वाचनको मत परिणाम अपडेट यस्तो छ । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ३ को अध्यक्षमा नेपाली कांग्रेसका शोभाखर खनाल विजयी भएका छन् । खनालले नेपाल कम्युनिष्ट पार्टी नेकपाका यमलाल खनाललाई १०६ मत अन्तरले पछि पार्दै विजयी भएका अर्घाखांचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए । शोभाखरले एक हजार एक सय ५९ मत पाएर विजयी हुंदा निकटतम प्रतिस्पर्धी यमलालले एक हजार ५३ मत पाएका छन् । ३ हजार ३० मतदाता रहेको उक्त वडामा दुई हजार दुई सय २५ मत खसेको थियो । राप्रपाका रणबहादुर खनालले ४ मत पाएका थिए भने ९ मत बदर भएको थियो । नेकपाबाट निर्वाचित तत्कालीन वडा अध्यक्ष जीवन चौहानको मोटरसाइकल दुर्घटनामा परी निधन भएपछि भएको उपनिर्वाचनमा कांग्रेसले बाजी मारेको हो । गत निर्वाचनमा शोभाखर ३६ मतले पराजित भएका थिए ।

रूरू क्षेत्र गाउंपालिका ६ मा नेकपा विजयी
गुल्मीको रूरू क्षेत्र गाउंपालिका वडा नम्बर ६ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गिरी प्रसाद सिञ्जाली विजयी भएका छन् । शनिबार सम्पन्न उप निर्वाचनमा नेपाली कांग्रेसका बेदबहादुर दर्लामीलाई ७५ मत अन्तरले पछाडि पार्दै सिंजाली विजयी भएका हुन् । सिंजालीले ८०२ मत पाउंदा दर्लामीले ७ सय २७ मत प्राप्त गरेका थिए । दुई हजार ४८ मतदाता रहेकामा एक हजार ५ सय ४४ मत खसेको थियो । स्वतन्त्र उम्मेदवार मीन बहादुर दर्लामीले १ मत प्राप्त गरेका थिए भने १४ मत बदर भएको निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । २०७४ सालको असारमा सम्पन्न निर्वाचनमा तत्कालीन एमालेबाट पूर्ण बहादुर रेगामी निर्वाचित भएका थिए । उनको निधनपछि भएको उप निर्वाचनमा पनि नेकपाले आफ्नो जितलाई जोगाएको छ ।

कपिलवस्तुमा राजपा विजयी कपिलवस्तुको शिवराज नगरपालिका वडा नंं १० को वडा अध्यक्ष पदमा राष्ट्रिय जनता पार्टीका मन्जु मिश्रा विजयी भएकी छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका देवकुमार भारतीलाई चार सय तीन मत अन्तरले पछि पार्दै मिश्रा विजयी भएकी हुन् र्। ाजल्ला निर्वाचन कार्यालय कपिलवस्तुका अनुसार एक हजार ७ सय २२ मत खसेकामा मिश्राले ८ सय ६८ मत र भारतीले ४ सय ६५ मत पाएका छन् । तेस्रो स्थानमा समाजवादी पार्टीका तिरथ रायमाझीले एक सय ७५ मत पाए भने नेकपाका अदालत मनिहारले एक सय ४७ मत पाए । सिके राउतको जनमत पार्टीका मोहम्मद हानिफ गद्दीले २८ र राप्रपाका बलभद्र मिश्रले ११ मत प्राप्त गरेका छन् । २१ मत बदर भएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट वडाध्यक्ष बनेकी शकुन्तला भारतीको निधन भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन हुंदा ७ राजनितिक दल र ५ स्वतन्त्र उम्मेदवार गरी १२ जना उम्मेदवार थिए ।
प्यूठान नगरपालिका– २ मा नेकपा विजयी प्यूठानको प्यूठान नगरपालिका वडा नं. २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मुक्ति पोख्रेल विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार मोहनसिंह बिष्टलाई २ सय ८४ मत अन्तरले हराउँदै पोख्रेल विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृत बिष्णु प्रसाद गौतमका अनुसार पोख्रेलले १ हजार १ सय २७ मत पाउंदा बिष्टले ८ सय ४३ मत प्राप्त गरेका छन् । २५ मत बदर भएको छ । २ मा ३ हजार २१ मतदाता रहेकोमा १ हजार ९ सय ९५ मत खसेको थियो । वडा अध्यक्ष खिमबहादुर बिष्टको निधन भएपछि उपनिर्वाचन भएको हो । कोहलपुरमा नेकपा विजयीबाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ मा नेकपाका उम्मेदवार रामशरण थारु विजयी भएका छन् ।नेपाली कांग्रेसका श्रीकृष्ण थारुलाई पराजित गर्दै रामशरण विजयी भएका हुन् । नेकपाका रामशरणले ८ सय मत प्राप्त गर्दा कांग्रेसका श्रीकृष्णले ७ सय ३७ मत प्राप्त गरेका छन् । रोल्पाको थवाङमा नेकपा विजयी रोल्पाको थवाङ गाउपालिकामा सत्तारुढ नेकपाका जनकबहादुर बुढामगर निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर रोका मगरलाई पराजित गर्दै जनकबहादुर विजयी भएका हुन् । जनकबहादुरले १५४ मत प्राप्त गर्दा कांग्रेसका रोकाले २६ मत प्राप्त गरेका थिए । थवाङमा ८६ प्रतिशत मतदाताले मतदान नै गरेनन् ।