कास्की २मा नेकपाकी विद्या भट्टराई अगाडि

प्रकाशित मिति:

उपनिर्वाचन २०७६ अन्तर्गत कास्की २मा नेकपाकी उम्मेदवार विद्या भट्टराई अग्रस्थानमा रहेकी छिन् । पछिल्लो प्राप्त मतपरिणाम अनुसार भट्टराइले ३ हजार २७६ मत प्राप्त गरेकी छिन् । त्यस्तै उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले २ हजार ११५ मत प्राप्त गरेका छन् ।

समाजवादी पार्टीका धर्मराज गुरुङले ९५, राप्रपाका सोमबहादुर भण्डारीले ४७, साझा पार्टीकी रजनी केसीले ३२ मत पाएकी छिन्। कास्की–२ मा राति पौने २ बजेदेखि मतगणना सुरु गरिएको हो ।