बैतडीको सुर्नया  १ मा कांग्रेसका चन्द ४ मतले विजयी

प्रकाशित मिति:

बैतडी /बैतडीको सुर्नया गाउँपालिकाको वडा नं। १ मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका गजेन्द्रबहादुर चन्द वडाध्यक्षमा विजयी भएका छन् ।शनिवार भएको उप-निर्वाचनमा नेकाका चन्दले नेकपाका धनबहादुर चन्दलाई ४ मतले पराजित गर्दै वडाध्यक्षमा विजयी भएका हुन् । सो वडामा कुल ४३८ मत खसेकोमा नेकाका चन्दले २१९ र नेकपाका चन्दले २१५ मत ल्याएका हुन् ।