मोरङको धनपालथान गाउँपालिकाको वडाध्यक्षमा कांग्रेस विजयी

१५ मंसिर २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


मोरङ – मोरङको धनपालथान गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । कांग्रेसका नारायण प्रसाद शाहले नेकपाका पंकज मण्डललाई २०४ मतले पछाडि पार्दै जित निकालेका हुन् । नेकपाका पंकज मण्डलले १४९७ मत ल्याउँदा साहले १७०१ मत ल्याए ।राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट ज्योति पासवानलाई २४, नेपाल लोकतान्त्रीक पार्टीका देवनारायण मण्डललाई ८, मंगोल नेशनल अर्गनाईजेशनबाट मेघनाथ पासवानलाई ७, जनमत पार्टीबाट चनरादेवी मण्डललाई ९ र बदरमत ३८ रहेको छ । कुल ४०७४ मतमा खसेको मत ३२८४ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया