मदन पुरस्कार विजेता विलियम बर्कको निधन

१५ मंसिर २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
33 Shares


एजेन्सी  – २०५१ सालको मदन पुरस्कार विजेता विलियम बर्कको निधन भएको छ । ९४ वर्षीय बर्कको गत शुक्रबार दार्जलिङमा निधन भएको मदन पुरस्कार गुठीले जानकारी दिएको छ ।

क्यानडामा जन्मेका बर्कले ‘सही शब्द’ शीर्षकको पर्याय–विपर्यायवाची शब्दकोषका लागि मदन पुरस्कार प्राप्त गरेका थिए । उनी प्राथमिक भाषा नेपाली भएको सेन्ट रोबर्टस् उच्च विद्यालय दार्जलिङका पूर्व प्रधानाध्यापक हुन । बर्क भारतमा नेपाली भाषाविज्ञको रुपमा परिचित छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया