नौ महिनामा डिग्री पूरा गरे बेल्जियमका नौ वर्षका बालकले

१५ मंसिर २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
132 Shares


एजेन्सी – उनी प्राथमिक विद्यालय जाँदा चार वर्षका थिए तर उनका त्यतिबेलाका सहपाठीहरू माध्यमिक कक्षामा पढ्दै गर्दा लराँ सिमोन्सले विश्वविद्यालयको अध्ययन पूरा गर्दैछन् । त्यो पनि नौ वर्षको उमेरमा ।बेल्जियमका सिमोन्सले पहिलो कक्षाको पढाइ सक्न एक वर्ष लगाए। त्यसपछि उनी धेरै छिटो सिक्न थाले र अर्को वर्ष उनी दुईबाट छ कक्षामा गए ।छ वर्षको उमेरमा उनी माध्यामिक विद्यालय गए र छ वर्षको पढाइ १८ महिनामा पूरा गरे ।त्यसपछि छोटो समय विश्राम लिन उनले आठ वर्षको उमेरमा उनले छ महिना घरमै बिताए ।आठ महिनाअघि विश्वविद्यालय गएका उनी डिसेम्बरमा दीक्षित हुन लागेको बीबीसीले जनाएको छ ।नौ महिनामा डिग्री – नौ महिना अध्ययन गरेपश्चात उनले आउने डिसेम्बरमा इलेक्ट्रिकल इन्जिनियरिङमा डिग्री हासिल गर्दैछन् ।

आफूलाई अध्ययनमा यस्तो सफलता कसरी मिल्यो उनलाई थाहा छैन ।बीबीसीको न्यूजडे कार्यक्रमले उनलाई नौ वर्षमा डिग्री कसरी पाउन सफल भए भनेर सोध्दा उनले भने, “मलाई थाहै छैन ।”लराँलाई प्रविधिले मानव शरीरलाई कसरी सहयोग गर्छ भन्ने विषयमा चासो छ ।उनले स्नातक तहमा मस्तिष्कसँग जोडिएको इलेक्ट्रिक चिपको बारेमा शोध गर्दैछन् ।उनका बाबुका अनुसार लराँ सिमोन्सलाई टेलिभिजनमा देखिन मन पर्छ ।त्यो चिपले हजारौँ स्नायुहरूलाई एकैपटक मापन गर्दै तिनको अनुगमन गर्छ ।उनी चिकित्सकहरूको परिवारबाट आएका हुनाले उनलाई चिकित्साशास्त्र अध्ययन गरेर त्यसैमा विद्यावारिधि हासिल गर्न मन छ ।तर उनको महत्त्वकांक्षा अर्कै छ। उनी भन्छन्, “कृत्रिम अङ्ग बनाउने मेरो लक्ष्य छ ।”लराँको उद्देश्य चाहिँ अझै व्यापक छ। “म मानिसको आयु बढाउन चाहन्छु ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया