वाणिज्य क्याम्पसमा विद्यार्थीहरुका लागि स्टक मार्केट सम्बन्धी सेमिनार सम्पन्न

१५ मंसिर २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
65 Shares


मोहन पौडेल / बुुटवल – बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा आईतवार स्टक मार्केट सम्बन्धी सेमिनार सम्पन्न भएको छ । विभिन्न तहका विद्यार्थीहरुका लागि चरणवद्धरुपमा संचालन गरिएकोे स्टक मार्केट सम्बन्धी कार्यक्रम  अन्तर्गत सोमवार विविएस तेस्रो वर्ष तथा विविएम सातौ शत्रका लागि सो सेमिनार केसिएल अस्ट्युट क्यापिटल काठमाण्डौको सहकार्यमा आयोजना गरिएको हो ।तीन वटा समुहमा विभाजन गरि संचालन गरिएको सेमिनारमा १५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

केसिएल अस्ट्युट क्यापिटलका सिइओ निर्मल भट्टराई, चिफ अपेरेटिङ अफिसर अशोक सुवेदी, मार्केटिङ हेड दिपेश खनाल, ट्रेडिङ एनालिस्ट दिपक न्यौपानेले सेमिनारमा नेपालमा शेयर बजारको वर्तमान अवस्था, शेयर वजारमा प्रवेश गर्ने तरिका, शेयर वजारमा लगानी किन आवश्यक, लगानी गर्ने प्रक्रिया, र शेयर वजारका नवप्रवेशीहरुले बुझ्नुपर्ने विविध विषय लगायतको बारेमा प्रशिक्षण दिनुभएको थियो ।

निमित्त क्याम्पस प्रमुख विष्णु जोशीको अध्यक्षता एवं उपप्राध्यापक डिल्लीराज गौतमको सञ्चालन रहेको कार्यक्रममा अनुसन्धान तथा विकास विभाग प्रमुख णकृष्ण भट्टराई, विविएस कार्यक्रम प्रमुख यज्ञ प्रसाद दिक्षित, एमविए कार्यक्रम डाइरेक्टर माया आचार्य लगायतको उपस्थिति रहेको थियो । सम्पुर्ण तहका विद्यार्थीहरुका लागि चरणवद्धरुपमा संचालन गरिएको स्टक मार्केट सम्बन्धी सेमिनार सोमबार विविएस दोस्रो वर्षका लागि संचालन हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया