राजा वीरेन्द्रका दुई जहाज नारायणहिटीमा राखिँदै

प्रकाशित मिति:

काठमाडौँ /राजा वीरेन्द्र र राजपरिवारले प्रयोेग गर्दै आएका एकरएक हवाईजहाज र हेलिकोप्टर नारायणहिटी दरबार संग्रहालयमा राखिने भएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमनजिक ह्यांगरमा राखिएका ती जहाज र हेलिकोप्टर संग्राहलयमा राख्न सरकारले तयारी थालेको बताइएको छ।

यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र नारायणहिटी दरबार संग्रहालयले अध्ययन गरिरहेका छन्। यो खबर आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन्।यसै सिलसिलामा केही दिनअघि मन्त्रालयका उच्च अधिकारी र संग्रहालयका कर्मचारी विमानस्थल पुगेका थिए।