भूकम्पको कम्पनले थलिएको जन सम्पर्क समिति अमेरिकालाई अधिवेशनको संजिवनी बुटीले ब्यूताऔं

प्रकाशित मिति:

प्रमोद सिटौला महाधिवेशन प्रतिनिधी, नेपाली कॉंग्रेस  अमेरिका। भनिन्छ  समय बलवान छ र समयको गति र वेगलाई बुझ्न सकिएन भने त्यसले हामीलाई पर्खदैन। पंत्तिकारले यो आलेख भित्र प्रवेश गर्नै लाग्दा नेपाली जन सम्पर्क समिति अमेरिकाले आफ्नो बैधानिक तीन बर्षको कार्यकाल पुरा गरी थप दुई बर्षको समय समेत गुजारीसकेको अबस्था छ। सन् २०१४ को नोभेम्बर २२र२३ तारेख अमेरिकाको टेक्सास राज्य स्थित डालस शहरमा सम्पन्न “एकताको दोश्रो अधिवेशन” बाट निर्वाचित समितिलाई नै नेपाली कॉंग्रेस पार्टीले अधिवेशन तयारी समितिमा रुपान्तरण गरी छ महिना भित्र अधिवेशन सम्पन्न गर्नु गराउनु भन्ने निर्देशनात्मक परिपत्र गरेको परिवेशलाई पुन एकपटक स्मरण गर्दछु।  टेक्सास राज्यको डालस शहरमा नेपाली जन सम्पर्क समिति, अमेरिकाको “एकताको दोश्रो अधिवेशन” सम्पन्न भएको ठिक पॉंच महिना दुई दिनमा नेपालमा गएको महाबिनाशकारी भूकम्पले ठुलो जनधनको क्षति गर्र्यो र हामी नेपाल र संसारभर छरिएर बसोबास गरेर बसेका नेपालीहरुलाई ठुलो असह्रय पिडा दिएर गयो र हामी पनि त्यस पिडाले अछुतो राख्न सकेन। मैले यो प्रसंगलाई यहॉंनेर उल्लेख गर्न किन सान्दर्भिक ठाने भने नेपाली जन सम्पर्क समिति, अमेरिकाको बिधमानको अबस्थामा आईपुग्न भूकम्प पछिको हाम्रो गतिबिधीको मुख्य भुमिका रहेको छ।

हामीले, नेपालमा गएको महाबिनासकारी भूकम्प र त्यसले पुर्याएको मानबिय क्षति तथा घाईतेहरुको तल्काल उद्धार र राहतका लागि भन्दै आफ्नो संस्थाको आर्थिक अनुशासनको पाटोलाई भुसुक्कै भुलेर भावानामा बग्दै राहत संकलन गर्यौ। हामीले, तल्काल राहत र उद्धारका लागि भनि अमेरिकामा बसोबास गर्ने खासगरी नेपाली समुदाय र अन्यबाट संकलन गरिएको वा उठाईएको रकम सम्बन्धित क्षेत्रमा खर्च गर्नुको सॉंटो बैंक अफ अमेरिकाको खातामा राखियो, साथै खाता सिरानी हालेर लामो समयसम्म सुत्दा खातामा संकलित रकम क्रमश घट्दै गयो र अन्तत सकियो। खातामा पैसा सकिएपछि मात्र हाम्रो नेतृत्वको होस् खुल्यो तर, होस् खुल्न पुर्व नै सबै रकम खाताबाट स्वाहा भैसकेको थियो। अमेरिकामा दर्ता भएका हरेक संस्थाको हिसाब किताब या आर्थिक कारोबार पारदर्शी हुनेगरी नियमन गरिएको हुन्छ। लगभग पैतालिस हजार डलर वरिपरी बिना कुनै उदेश्यर संस्थाको निर्णय बेगर या आफु खुशी झिक्दै खर्च गरिएको रकमको सम्बन्धमा एकले अर्कोलाई अपचलनको दोषारोपण गर्दा गर्दै नेपाली जन सम्पर्क समिति, अमेरिकाको साखलाई समाप्त पार्ने काम भयो। यस घटनाका कारण आर्थिक अनुसाशनको नियमन उल्लंघन गर्नेलाई मात्र होईन, यस संस्थासंग जोडिएका नेपाली जन सम्पर्क समिति अमेरिकाका हरेक साधरण सदस्य एवंम् शुभ चिन्तकको समेत शिर निहुर्याउने काम भयो। हामीले, अर्को डरलाग्दो बिषयमा खासै ध्यान दिएका छैनौ, तल्कालिन अबस्थामा नेपाली जन सम्पर्क समितिको कानुनी हैसियत र दर्ता कहॉं थियो र आज कस्तो र कुन कानुनी हैसियतमा यो समिति छ। यो गहन र जिम्मेवार बिषय हो, एउटा संस्थाको नाममा खोलिएको बैंक खाताको पैसा अपचलन भयो र रातारात मनोमानी ढंगले अर्को संस्था खोली त्यहॉं भएको हर हिसाबलाई आलटाल गर्ने गम्भीर त्रुटी भएको छ। यो त्रुटीलाई आत्मासाथ गर्दै बेलैमा सच्याएर अगाडी बढ्नु सबैको निम्ति हितकर हुन्छ। नत्र संधै यसैको भुतले तर्साई रहनेछ।

यी त भए हामीले सच्चिएर अगाडी बढ्ने कुराहरु, अब यसको सहि निकास के हो रुरुरु कसरी यसलाई सहि ठाउँमा अबतरण गर्न सकिन्छ। यसका बारेमा मेरा केहि तर्कनाहरु पस्कने जमर्को गर्दै छु, मैले शीर्षकमै पनि उल्लेख गरेको छु, “भूकम्पको कम्पनले थलिएको जन सम्पर्क समिति अमेरिकालाई अधिवेशनको संजिवनी बुटीले ब्यूताऔं” ढिलै भएपनि हामी सम्बन्धित रहेको पार्टी नेपाली कॉंग्रेसले हामीले, २० ओक्टुवर २०१६ मा बिराएको बाटोलाई पुन सहि बाटोमा हिडाउन कोषिश गरेको देखिन्छ। १७ भदौ २०७६ सालको पार्टीको केन्द्रीय कार्य समितिको निर्णयलाई नेपाली कॉंग्रेसको मुख्यालय सानेपाले नेपाली जन सम्पर्क समिति, अमेरिकाको नाममा ०५ कार्तिक २०७६ सालको परिपत्रमा निर्देशित बिषयहरु पनि यसैको भावाना र मर्म अनुसार देखिन्छ।किन्तु परन्तु कुनैपनि बाहना र ब्यक्तिपरक होडबाजीका आधारमा नेपाली जन सम्पर्क समिति, अमेरिकाले आफुलाई प्राप्त छ महिनाको अबधी भित्रै तोकिएको मापदण्ड र परिधीमा रहेर आफ्नो अधिवेशन सम्पन्न गरी हाम्रो खस्किएको साखलाई जिबन्त दिनुपर्ने छ। अधिवेशनको हल भित्रबाट नै यसका बिगतमा आर्थिक अपचलनमा को को संलग्न थिए र हुन् साथै यसमा के कसरी अगाडी जाने भन्ने बिषयमा निर्कौल निकादल्दछ। अन्तमा, हामी सबैका लागि पार्टीले देखाएको सदासयता र अधिवेशनका निम्ति खोलिदिएको बाटोलाई आ आफ्नो ठाउँबाट सहयोग पुग्ने वाताबरणको निर्माण गरौ।