अमेरिकामा उभौली पर्ब धुमधामका साथ मनाईयो

१६ मंसिर २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
21 Shares


अमेरिका – युनाइटेड किराँत राई अर्गनाइजेशन अफ अमेरिकाको (DMVP) डिएमभीपी च्याप्टरले उधौली कार्यक्रम सम्पन्न गरेको छ ।च्याप्टरका अध्यक्ष प्रकाश राईको अध्यक्षतामा सम्पन्न भएको उक्त उधौली कार्यक्रमा अध्यक्ष राईले कार्यक्रम गर्नुको मुल उद्धेश्य, आउने भावि पुस्तालाई आफ्नो समुदायको संस्कार र संस्कृति विषयमा बुझाउनु रहेको बताउँदै अमेरिकामा रहेका सम्पूर्ण राईहरु एक भएर आफ्नो संस्कार र संस्कृति जोगाउन तथा भैपरी आउने समस्यामा एकआपसमा सहयोगको वातावरण तयार गर्नु रहेको बताएका थिए ।

एनआरएनए अमेरिकाका पूर्वउपाध्यक्ष, अर्गनाइजेशनका पूर्व केन्द्रीय सभापति तथा हालका सल्लाहकार तथा जनजाति महासंघ अमेरिकाका सल्लाहकार मिलन राईले   का विषयमा बताएका थिए ।उनले व्यस्त समयमा पनि कार्यक्रममा उपस्थित भइदिएकोमा सबैलाई धन्यवाद व्यक्त गरेका थिए । राईले आफ्नो संस्कार र संस्कृति संरक्षणका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने समेत बताएका थिए ।

केशर राईको स्वागत मन्तव्य, महासचिव हर्क राईको कार्यक्रम संचालन रहेको उक्त कार्यक्रममा संस्थाको आर्थिक विवरण बारे सरिता राईले जानकारी दिएकी थिइन् ।उक्त अवसरमा (DMVP)डिएमभिपी च्याप्टरमा आवद्ध नयाँ सदस्यहरुलाई अध्यक्ष प्रकाश राईले खादा लगाएर स्वागत गरेका थिए भने न्यूयोर्क च्याप्टरका अध्यक्ष केशव राम राईले कार्यक्रमका लागि निमन्त्रणा गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए। राईले अमेरिकामा रहेका राईहरु एकजुट भएर आफ्नो संस्कृति संरक्षणमा लाग्नुपर्ने बताएका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया