सिद्धबाबा नामका गिद्दबाबालाई ३ दिन थुनामा राख्न अदालतको आदेश

१६ मंसिर २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
86 Shares


इटहरी  –  बलात्कारको आरोप लागेका चतराका साधु कृष्णदास गिरीलाई अस्पतालबाटै प्रहरीले पक्राउ गरेको छ। विराटनगरस्थित विराट नर्सिङ होममा उपचाररत कृष्णदासलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको हो। बिहान ४ बजे एम्बुलेन्स लिएर अस्पताल पुगेको प्रहरी टोलीले नियन्त्रणमा लिइ ह्विल चियरमा अदालत लगेको हो। अस्पतालमा पनि प्रहरीको निगरानमाी रहेका उनलाई प्रहरीले आइतबार नै पक्राउ गर्ने तयारी गरे पनि हर्ट अट्याक भएको भन्दै उनी आइसियुमा भर्ना भएका थिए। आज भने उनको स्वास्थ्यमा सुधार भएको थाहा पाएपछि प्रहरीले आइसियुबाटै पक्राउ गरेको हो।

अस्पताल प्रशासन, केही राजनीतिक दलका नेता, कर्मचारीहरू उनलाई जोगाउन लागिपरे पनि अन्ततः उनी पक्राउ परेका हुन्।आफ्नै अनुयायी महिलामाथि गत ४ कात्तिकमा बलात्कार गरेको आरोप उनीमाथि लागेको थियो। महिलाले गत मंगलबार जाहेरी दिएपछि विषय बाहिर आएको थियो। गिरीलाई अनुसन्धानको लागि सुनसरी जिल्ला अदालतले ४ दिनको म्याद थप गरेको छ। २ नं. इजलासका जिल्ला न्यायाधीश धर्मराज पौडेलको इजलासले ४ दिनको म्याद थप गरेको हो। ४ दिनभित्र प्रहरीले घटनाको विषयमा अनुसन्धान गरी मिसिल अदालतमा पेश गरिसक्नुपर्छ। ४ दिन भित्रपनि अनुसन्धान नसके प्रहरी फेरि म्याद थप गर्न सक्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • प्रदेश २ कै नमुना ह्याच्री उधोग सिरहाको लहानमा संचालन
  • कर्णाली प्रदेशमा सुशासनका लागि युवा कार्यक्रम सम्पन्न
  • शनिदेबको दर्शन गरि आजको राशिफल हेर्नुहोस
  • स्व.वि.यु विहिन क्याम्पस बनाउन सरकार नै लाग्यो : महामन्त्री पाण्डेय
  • सभापति श्रेष्ठको निधन प्रती भरत कुमार शाहद्वारा दुख व्यक्त 
  • रोट्रयाक्ट डाउनटाउनको साप्ताहिक कार्यक्रम
  • शाइन रेसुंगा बैंक सामाजिक कार्यमा सक्रिय: बनाइदियो मन्दिरमा ट्रष्ट
  • बर्दघाट खानेपानीका नव निर्वाचित पदाधिकारीहरुले लिए सपथ 
  • गुल्मीको धुर्कोटमा बेवारिसे शव फेला
  • शैक्षिक ईज्यत जोगाउने चोली ‘संस्थागत विद्यालय’ लाई विभेद नगर्न राज्यलाई…