नेपाली क्रिकेटको बिजय सुरुवातसँग अन्जली चन्दको विश्व किर्तिमान

१६ मंसिर २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
62 Shares


काठमाडौं –  नेपाली महिला क्रिकेट टोलीकी अन्जली चन्दको विश्व किर्तिमानसँगै माल्दिव्सलाई १० विकेटले पराजित गरेको छ। १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मालदिव्सलाई ५ बलमा पराजित गरेको हो।अन्जलीले २.१ ओभरमा कुनै पनि रन नदिई ६ विकेट लिएकी थिईन्। ६ वेकट लिने क्रममा उनले ह्यट्रिक पनि गरेकी थिईन्। उनले ४ ब्याट्सवुमनलाई क्याच आउट र २ लाई बोल्ड आउट गरिन् । यो विश्व टि ट्वान्टी वुमनमा हालसम्मकै सर्वोउत्कृष्ट प्रर्दशन हो ।

यस अघि मलेसियाकी मास अलिसाले ४ ओभरमा १ मेडन सहित ३ रन खर्चेर ६ विकेट लिइकी थिइन् ।पहिले ब्याटिङ गरेको मालदिव्सले १०.१ ओभर खेल्दै १६ रन मात्र बानउन सकेको थियो। मालदिव्सका ९ खेलाडीले खाता खोल्न सकेनन्। हफ्सा अफ्सा अब्दुल्लाले ४ र हामना नियाजले ९ रन बाहेक अरु खेलाडी रन बिहिन रहेका थिए।नेपालका लागि काजोल श्रेष्ठले १३ रन बनाएकी थिईन। उनले तीन चौका प्रहार गर्दै उक्त रन बनाएकी हुन्। मालदिव्सले ५ बलमा तीन चौका, १ रन , १ नोबल, २ वाईड र १ लेग बाइ दिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया