एफआईएम एसिया कप अफ रोड रेसिङ च्याम्पियनसिपको नेपाल छैँठाैँ स्थानमा

१६ मंसिर २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
36 Shares


एफआईएम एसिया कप अफ रोड रेसिङको पहिलो दिनको खेलमा नेपाली टिमले छैटौँ स्थान ओगट्न सफल भएको छ।टिम नासा नेपालका राइडर प्रत्यूष कुइङ्केल छैटौँ भए भने अर्का राइडर अमन कुमार चौधरी नवौँ स्थानमा रहेका हुन्।मोटरसाइक्लिङ्गको अन्तर्राष्ट्रिय महासंघ फेडेरेसन इन्टरनेशनाले डेल मोटरसाइक्लाइज्म (एफआईएम)

अन्तर्गत एफआईएम एसियाको समन्वय तथा एफएमएससीआई इण्डियाको व्यवसथापनमा उक्त प्रतियोगिता आयोजना गरिएको हो। सो प्रतियोगिता २९ नोभेम्बरदेखि १ डिसेम्बरसम्म दिल्लीस्थित बुद्ध रेसिङ्ग सर्किटमा सम्पन्न भएको हो।दक्षिण एसियाका देशहरुबाट गरी कुल ४५ जनाको सहभागिता रहको सो प्रतियोगितामा नेपालको तर्फबाट राईडर प्रत्यूष कुइङ्केल, अमन कुमार चौधरी र अफिसियलका रुपमा बिनोद ताण्डुकरले सहभागिता जनाए।

फेसबुकबाट तपाईको प्रतिक्रिया