हरियाली सहकारीको २१ औं साधारण सभा

प्रकाशित मिति:

हरिश ढकाल
बुटवल, ४ असोज । बुटवलकै पुरानो मध्ये एक सहकारी मानिने हरियाली बहुउद्देश्यिय सहकारी सँस्था लिमिटेड, बुटवल ४ संगमपथको २१ औं साधारण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष सिद्धार्थ उदयको सभापतित्व र सामाजिक उद्यमी सहकारी संघ रुपन्देहीका अध्यक्ष मदन कट्टेलको प्रमुख आतिथ्यतामा सो साधारण सभा सम्पन्न भएको हो ।
सो अवसरमा बोल्ने सहभागि बक्ताहरुले सरकारको तिनखम्बे निति अनुरुप मान्यता पाएका सम्पुर्ण सहकारीहरु राष्ट्र निर्माणका कार्यक्रममा मा अग्रसर हुनुपर्ने बताएका छन । सहकारीको मुल मर्म र भावना आफ्ना सदस्यहरुको हकहितका कार्यक्रम संचालन गर्ने भएपनि राष्ट्रको बिकासमा समेत टेवा पुराउने कार्यक्रमहरु संचालन गर्नुपर्ने बक्ताहरुको धारणा थियो ।
कार्यक्रममा सामाजिक उद्यमी सहकारी संघ रुपन्देहीका अध्यक्ष मदन कट्टेलले सहकारीले आम मानिसलाई एकताको सुत्रमा बाँधेर आफ्नो, समाजको र राष्ट्रको बिकासमा अग्रसरहुन प्रेरित गर्नुपर्ने जोड दिनु भयो । सहकारीले आफ्ना सदस्यहरुलाई उद्यमशिल, लगनशिल र उर्जाशिल बनाउन बिभिन्न जिवन उपयोगी, सिपमुलक र प्रबिधिमुलक तालिमहरु संचालन गर्नु पर्ने बताउनु भयो ।
सहकारीका अध्यक्ष सिद्धार्थ उदय, सल्लाहकार हरिध्वज मल्ल, शेयर सदस्यका तर्फबाट बरिष्ठ पत्रकार हरिश ढकाल, उपाध्यक्ष बेधानिधि रिजाल, सचिव राजु भारी, कोषाध्यक्ष प्रदिपमान सिंमानगैडा लगाएतले सहकारी भनेको सदस्यहरुको सहकार्य मात्र नभै आर्थिक बिकासको मेरुदण्ड पनि भएको उल्लेख गर्दै सहकारीको निति, अध्यास र बिकासका बारेमा धारणाहरु राखेका थिए ।
साधारण सभामा बिभिन्न महानुभावहरुलाई सम्मान गरिएको थियो । सहकारीका जेष्ठ सदस्य पुर्णमान श्रेष्ठ, असल ऋणि २ जना श्रीमाया महर्जन र सेतु प्रसाद श्रेष्ठ, गतबर्षको माध्यामिक शिक्षा परिक्षा एसईईमा ए प्लस गे्रड हासिल गर्ने शेयर सदस्यका सन्तान २ जना अंकिता श्रेष्ठ र आशुतोष ढकाल र संचार क्षेत्रबाट योगदान पुराएवापत बरिष्ठ पत्रकार हरिश ढकाललाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।