२ नं वडामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान निरन्तरता

१६ मंसिर २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
35 Shares


तिर्थराज ज्ञवाली/ बराखुटी देउखुरी / दाङ – राप्ती गाउँपालिकामा चलिरहेको १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तरगत वडा नं २ ले वडा नं २ का सरोकारवाला हरुलाई एकै ठाँउमा राखेर अभियान लाई निरन्तरता दिएको छ ।वडाका जिम्मेवार मानिएका नागरिकहरुलाई छलफल, बहस र ¥यालीको माध्यमबाट सचेत बनाउने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो ।वडा अध्यक्ष जगत बहादुर थापाको अध्यक्षतामा ,

गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि को प्रमुख आथित्यता उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको विशिष्ट आथित्यतामा भएको कार्यक्रममा टोलविकास संस्था, नागरिक समाज, महिला संजाल, निगरानि समुह, सहकारी, वन, विद्यालयहरुको सहभागीता रहेको थियो ।वडा सदस्य बसन्त नेपालीको स्वागत बाट सुरु गरिएका विभिन्न कार्यक्रमहरु १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान भरि सञ्चालन हुने वडा सचिव दामोदर पोख्रेलले जानकारी दिनुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया