हलिउड नायक लियोनार्दोमाथि आगो लगाउन पैसा दिएको आरोप

१६ मंसिर २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
17 Shares


एजेन्सी – ब्राजिलका राष्ट्रपति जेर बोल्सोनारोले हउिलड नायक लियोनार्दो डिकाप्रियोमाथि एमेजनको जङ्गलमा आगो लगाउन पैसा दिएको आरोप लगाएका छन् । शुक्रबार राष्ट्रपति भवनमा बोल्दै एमजेनको लागि भन्दै सक्रिय एनजीओहरुको आलोचना गरे जसमा हउिलड नायक डिकाप्रियोले पनि आर्थिक सहयोग गरेका छन् । तर, डिकाप्रियोले आरोपको खण्डन गरेका छन् ।एमेजनको जङ्गलमा पछिल्लो समय निकै आगलागीको घटना भइरहँदा ब्राजिलका राष्ट्रपतिले गम्भीर आरोप लगाएका हुन् । डिकाप्रियोले एमेजनका लागि ५० लाख डलर दिएको बताए । तर, त्यो आगो लगाउन नभएको उनको तर्क थियो ।

एमेजन क्षेत्रमा एनजीओहरु सक्रिय रहेको र तिनीहरुलाई हलिउड नायकले पनि सहयोग पुर्याएका छन् । एनजीओको पैसा लिनका लागि आगलागी नियन्त्रणका लागि स्वयंसेवक बनेकाहरु नै आगो लगाउन सक्रिय भएको खुलेको थियो । चार जना स्वयंसेवक पक्राउ परेपछि उनीहरुले एनजीओमा सहयोग वृद्धिका लागि आगो लगाएको बताएका थिए ।सँसारका विभिन्न संस्थाबाट एमेजनका नाममा पैसा प्राप्त गर्न एनजीओका मानिसहरु नै एमजेनमा आगो लगाउन सक्रिय भएको तथ्य खुलेपछि यसले नयाँ विवाद ल्याएको छ । एमेजन विश्वकै विशाल र महत्वपूर्ण जङ्गलमध्येको एक हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया