पूर्व राजा ज्ञानेन्द्र शाहा रुपन्देहीको बिभिन्न शक्तिपिठहरुको दर्शनमा ब्यस्त ( भिडियो)

१६ मंसिर २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
201 Shares


सबलपोष्ट ।   बुटवल – पूर्व राजा ज्ञानेन्द्र शाहले रुपन्देहीको सैनामैनास्थित पर्रोहा बोलबम धामको दर्शन र त्यहां रहेको मन्दिरमा पूजाआजा गरेका छन् । पश्चिम नेपालका विभिन्न मठ मन्दिरको दर्शनका लागि आइतबार रुपन्देही आएका शाहले भ्रमणको पहिलो दिन सोमबार दिउसो पर्रोहा धामको दर्शन र पुजा आजा गरेका हुन् । शाह रुपन्देहीको कोटिहवास्थित पांचतारे होटेल टाइगर प्यालेसबाट आफै कार चलाएर पर्रोहा मन्दिर पुगेका हुन् । यहांको मन्दिरमा रहेको ज्योतिर्लिङ्गलाई स्वयम् उत्पत्ति भएको विश्वास गरिन्छ । शाहको स्वागतका लागि रानिबगिया चोकमा र मन्दिर पुग्ने बाटोमा सयौंको संख्यामा पुर्व राजा पक्षधर फूल मालासहित जम्मा भएर बसेका थिए । राष्ट्रिय झण्डासहित ज्ञानेन्द्र र कोमलका तस्वीर अंकित ब्याच र शिव सेना नेपालले पहेंलो रंगको ज्याकेटमा उपस्थित उनीहरुले ‘राजा आऊ देश बचाऊ’ लगायतका नाराबाजी समेत गरेका थिए । मन्दिर पुगेपछि ज्ञानेन्द्रले करिब २५ मिनेट पुजा गरेका थिए ।

पूजा सकेपछि उनी सैनामैनाकै मुर्गिया बजार हुंदै रूपन्देहीको तिलोत्तमास्थित टाईगर प्यालेस रिसोर्ट फर्केका छन् । मुर्गिया बजारमा समेत सयौंको संख्यामा उपस्थित सर्वसाधारणले उनलाई स्वागत गरेका थिए । शाहलाई पुष्प गुच्छा दिन, हात मिलाउन र फोटो खिच्न सर्वसाधारणबीच ठेलमठेल भएको थियो भने सुरक्षाकर्मीलाई भिड सम्हाल्न हम्मे हम्मे परेको थियो । पूर्व राजा शाह १७ गते रुपन्देहीको मर्चवारस्थित मर्चवारीमाई मन्दिर, १९ गते पाल्पा तानसेनको भगवती मन्दिर, २० गते कपिलबस्तु गोरुसिंगेको पशुपति मन्दिर र २१ गते नवलपरासीको पाल्हीस्थित पाल्ही भगवती मन्दिरमा दर्शन गर्ने कार्यक्रम तय भएको सवारी व्यबस्थापन समितिका संयोजक शक्तिप्रसाद सापकोटाले जानकारी दिए । पुर्व राजाका सबै भ्रमण कार्यक्रम दिउँसो ३ बजे पछि रहेका छन् । शाहको भ्रमणमा शिव सेना नेपाल,शाही युवा शक्ति नेपाल लगायतका संस्थाका पदाधिकारी र सदस्यहरु छुट्टै पोशाकसहित उपस्थित हुने गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया