सिसहनियामा प्रथम पटक कृषि औधोगिक तथा ब्यापारीक मेला सञ्चालन हुने 

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली/ दाङ-सिसहनिया उद्योग बाणिज्य संघले प्रथम पटक सञ्चालन गर्न थालेको कृषि औधोगिक तथा ब्यापारीक मेला सञ्चालन गर्न का लागि उप समिति गठन गरेको छ ।सिसहनिया क्षेत्रको पहिचान, यस क्षेत्रको पर्या पर्यटन तथा ब्यवसाय बृद्धिमा सहयोग पुराउने उदेश्यका साथ प्रथम पटक कृषि औधोगिक तथा ब्यापारीक मेला सञ्चालन गर्नका लागि तयारी स्वरुप उप समिति गठन गरेको हो ।सिसहनिया उद्योग बाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारीको अध्यक्षतामा बसेको संघको बैठकले प्रथम कृषि औधोगिक तथा ब्यापारीक मेला ब्यवस्थापनका लागि तिन बटा उपसमिति गठन गरिएको छ ।
उपाध्यक्ष युवराज सेन ठकुरी, महासचिव ईश्वरी अधिकारी, सचिव मदन पोख्रेल, सुरेश घिमिरे र तिर्थराज ज्ञवाली संयोजक रहेको पाँच उपसमिति गठन गरिएको छ ।

मेलामा स्थानिय कला संस्कृतिको पर्दशन, स्थानिय कलाकारहरुको अत्यधिक प्रस्तुति र स्थानिय खानपानलाई बढावा दिनेगरि समय सुहाउदो प्रस्तुति समेत प्रर्दशनका लागि बाल खेलौना, झुला, सरकस, समेत प्रर्दशन गरिने छ ।“कृषि, उद्योग, ब्यापार,सास्कृतिक सम्पदा हाम्रो पहिचान स्वच्छ सुन्दर संमृद्ध सिसहनियाँ हाम्रो अभियान” मुल नारा रहेको प्रथम कृषि औधोगिक तथा ब्यापारीक मेला संञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय दाङ र राप्ती गाउँपालिका बाट अनुमति लिईसकिएको, शान्ति सुरक्षाको ब्यवस्था का लागि जिल्ला प्रहरी कार्यालय र सिसहनिया प्रहरी चौकी संग सहकार्य गरिएको, साथै मनोरन्जनका लागि कलाकारहरु संग छलफल भै रहेको बैठकमा जानकारी दिईएको छ ।मेलाको तयारीका लागि विगतमा बसेको भेलाले प्रथम कृषि औधोगिक तथा ब्यापारीक मेला अवलोकनका लागि विद्यार्थीहरुलाई विशेष छुट तथा जेष्ठ नागरिकलाई निशुल्क समेत गरिएको साथै कृषि उत्पादन प्रदर्शनिका लागि स्टल निशुल्क गर्ने निर्णय गरेको छ ।