आधारभुत कानुनी साक्षरता कक्षा सम्पन्न

१६ मंसिर २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
31 Shares


कञ्चन – कञ्चन गाउपालिकाको आयोजनामा कञ्चन गाउपालिका वार्ड नं। १ देखि ५ सम्मका आमा समूह र टोल बिकास संस्थाका प्रतिनिधीहरुलाई सम्बन्धित वडा कार्यलयहरुमा संचालन गरिएको एकदिने कानुनी साक्षरता कक्षा सम्पन्न भएको छ।आमा समूहका प्रतिनिधी तथा टोल बिकासका प्रतिनीधिहरुलाई आधारभुत कानुनी साक्षरता प्रदान गरी कानुनी रुपमा सचेत र सवल बनाउने उद्धेश्यका साथ संचालन

गरिएको कार्यक्रमको समापन गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले गाउघरमा हुने सामान्य झैझगडाहरुलाई गाउमै कानुनी रुपमा समाधान गर्न सहज हुनेमा बिश्वास गर्दै स्थानिय रुपमा नजिकको न्यायलय भनेकैस्थानिय आमा समूह,संघसंस्था र टोलबिकास संस्था हुने भएकोले ती संस्थाका प्रतिनीधिहरु आधारभुत रुपमा कानुनी साक्षर हुनुपर्ने बताउनु भएकोछ ।

यस्तै कञ्चन गाउपालिका वार्ड नं.५का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले हरेक ब्यक्तिहरु कानुनी रुपमा साक्षर हुदां स्थानिय रुपमा आउने झै झगडालाई कानुनी रुपमै समाधान गर्न सहज हुने बताउनु भएको छ ।गाउपालिकाका उपाध्यक्ष गोमा तरामुको अध्यक्षतामा सम्पन्न भएको आधारभुत कानुनी साक्षरता कक्षा मंसिर १४,१५ र १६ गते गरी सबै वडाहरुमा एक दिनको कानुनी साक्षरता सम्बन्धी कक्षामा अधिबक्ताहरु रामजी गौतम र कृष्ण प्रसाद बस्यालले प्रशिक्षण दिनु भएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया