कञ्चन ४ को वडा कार्यलय नया भवन निर्माण गर्ने बारे सर्बपक्षिय छलफल

प्रकाशित मिति:

कञ्चन/जगिलाल थापा कञ्चन गाउपालिका वार्ड नं।४ को आयोजनामा विभिन्न राजनैतिक दल तथा टोल बिकास संस्थाका प्रतिनिधीहरु बिच वडा कार्यलयको नया भवन कहाँ निर्माण गर्ने भन्ने बिषयमा सर्बपक्षिय छलफल भयो।छलफलमा बिभिन्न राजनैतिक दल तथा टोलबिकास संस्थाका प्रतिनीधीहरुले आ आफ्नो धारणा राखेका थिए।छलफलमा नेकपा वडा नं।४का वडा कमिटीका अध्यक्ष क्या।बिष्नु नारायण श्रेष्ठ साबिकको स्थानबाट वडा कार्यलय सारिनु हुन्न यदि सारिए स्थानिय जनता आन्दोलमा आउने बताएका छन भने साबिक रुद्रपुर गाबिस रहदा नेकपा गाउकमिटी सचिब रहेका कबिराज ढकालले सबैलाई केन्द्र पर्ने गरि संघियताको मर्म अनुसार सबैलाई पायक पर्ने ठाउमा वडा कार्यलय बनाईनु पर्ने धारणा ब्यक्त गरेका थिए।

यसैगरी नेकपा माओबादी९क्रान्तीकारी माओबादी०बैध समुहका प्रतिनिधि तथा पुर्ब गाबिस अध्यक्ष लक्ष्मिकान्त पौडेलले हाललाई वडा कार्यलय साबिकको स्थानमा नै उचित भएको भएपनि प्रयाप्त जग्गा नभएकोले सबैलाई केन्द्र पर्नेगरी वडा कार्यलयको स्थापना गरिनुपर्ने भनाई राखेका थिए।त्यस्तै थकालीचोक टोल बिकास संस्थाका अध्यक्ष तथा गत स्थानिय चुनावमा नेकपाको तर्फबाट वडा सदस्यमा उमेद्वारी समेत दिएका नन्द बहादुर खडकाथोकीले प्रयाप्त जग्गा नभए बरु जग्गाको बन्दोबस्त ब्यबस्था गरिदिने तर साबिक स्थानबाट वडा कार्यलय सार्न नहुने भनाई राखेका थिए। त्यस्तै बेलडाडा टोल बिकास संस्थाका अध्यक्ष तुल बहादुर गुरुङले वडा नं।४ को लागि केन्द्र साबिक रुद्रपुर गाबिसको वार्ड नं।५ स्थित धावामा वडा कार्यलय बनाउनु पर्ने वडाका कतिपय कार्यलयहरुलाई बिकेन्द्रित गर्नु निकै राम्रो हुने बताएका छन। अस्नैया टोलबिकास संस्थाका अध्यक्ष ठाकुर सुनारले साबिकको ठाउमा ईलाका प्रहरी कार्यालय,स्वास्थ्यचौकी जस्ता सरकारी कार्यालयहरु रहेकाले वडाको नया भवन साबिक ५ नं।को धावामा निर्माण गर्नु पर्ने धारणा राखेका थिए। राप्रपा नेपालका प्रतिनीधि टेकनाथ आचार्यले वडा कार्यलय यथावत राखी नया प्रस्ताबित ठाउहरुमा अन्य कार्यलयको पुर्बधार तयार गर्नु पर्ने भनाई राखेका थिए भने गौतमबुद्ध आमा समुहका पुर्ब अध्यक्ष जयन्ती बुढाथोकीले कुनै पनि हालतमा वडा कार्यलय सार्न नहुने यदि सार्ने कुचेस्टा गरिए राम्रो नहुने बताईन।

कञ्चन गाउपालिका वार्ड नं।४ को वडा कार्यलय निर्माण गर्ने स्थान छनौटको बारेमा वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीले वडा कार्यलयको नया भवन निर्माण गर्ने कुरामा जनप्रतिनिधीहरुले मात्र निर्णय नगरिने सबैको रायको आधारमा अधिक्तमहरुको चित्त बुझ्नेगरी वडा कार्यलय नया वडा कार्यलय बनाउन सजिलो होस भन्ने वारे निर्णयमा पुग्न सजिलो होस भनेर सर्बपक्षिय छलफल गराइएको भनाई प्रतिकृया दिएका छन ।तर सर्बपक्षिय छलफलमा गलत निर्णय हुन सक्ने भन्दैस्थानियहरुले आफुहरुले भनेको स्थानमा वडा कार्यलय भवन बनाईनु पर्छ भन्ने दाबि सहित वडा कार्यलयमा छुट्टा छुट्टै ज्ञापन दिएका छन।