जनता मावि सरावल २ मनरी पश्चिम नवलपरासीको विद्यालय ब्यवस्थापन समिति गठन, अध्यक्षमा विनायक शर्मा

प्रकाशित मिति:

टेक बहादुर /नवपरासी-पश्चिम नवपरासीको सरावल गाउपालिका वडा नम्बर २ मा अवस्थित जनता माध्यमिक विद्यालयको विद्यालय ब्यवस्थापन समिति गठन गरिएको छ । सोमबार विद्यालयको प्रांगणमा विद्यालयका अभिभावक, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी, विद्यार्थी सम्मिलित बसेको बैठकले विद्यालयको नया नेतृत्व चयन गरेको हो । सम्पन्न बैठकले आगामी ३ बर्षका लागी बिनायक शर्माको अध्यक्षतामा ९ सदस्यिय विद्यालयको नया कार्य समिति चयन गरेको हो ।

जसको सदस्यहरुमा कोईली देवी यादव, तुलसी ठाकुर, बाबुलाल यादव, उषा कुमारी नाउ, शुशिला कुमारी चौधरी, सदस्य सचिव प्रदिप चौधरी, शिक्षक प्रतिनिधि हरि प्रसाद पर्छाई रहनुभएको छ । सो अवसरमा सहभागीहरुले नव गठित समितिका सम्पुर्ण पदाधिकारीहरुलाई शुभकामना दिएका थिए । यस अघि गत मंसिर १० गते सम्पन्न भएको अभिभावकहरुको भेलाबाट ४ जना सदस्यहरु चुनिएकोमा आजको यस बैठकले त्यसलाई पुर्णता दिदै विद्यालयको समिति गठन गरेको हो ।