कञ्चनमा श्रीमद भागवत रस महोत्सव संचालन

प्रकाशित मिति:

रुपन्देही/कञ्चनमा श्रीमद भागवत रस महोत्सब संचालन गरिएको छ। रुपन्देहीको कञ्चन गाउँपालिका वडा नस्१ रामनगर प्रगतिटोल मनकामना दुर्गा मन्दिर समाजको आयोजनामा मंसिर १३ गते देखी संचालन गरिएको रस महोत्सबको उद्दघाटन कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले उद्घाटन गरिएको महोत्सव मंसिर १९ गते सम्म जारी रहने छ।पितृ उद्दार तथा मन्दिर निर्माणका लागि सञ्चालन गरिएको महोत्सवमा बिहान ७ बजे देखी रातको ११ बजे सम्म भक्तानुजनहरुको उत्साह जनक सहभागी रहेको छ भने सहयोगी दाताहरूले सहयोग गर्ने कार्य पनि जारी रहेको छ तिन दिनमा नै तिन लाख बराबरको रकम संकलन भएको प्रचारप्रसार संयोजक राजन पौडेलले जानकारी दिनुभएको छ।

महोत्सबमा देश तथा विदेशमा रहेका सहयोगी हातहरुबाट पनि सहयोग भै रहेको कुरा प्रचारप्रसार समितिका संयोजक राजन पौडेलले जानकारी दिनु भएको छ।हिजको कार्यक्रममा रुपन्देही क्षेत्र नं।५ ९क का सांसद भुमिश्वर ढकाल र बुटवलवलबाट दान सहयोग गर्न आएका सहयोगदाताहरुलाई बाजा गाजा सहित स्वागत गरिएको थियो । सांसद भुमिश्वर ढकालले महोत्सवलाई संबोधन गर्दै मन्दिर निर्माणका लागि संचालन गरिएको श्रीमद भागवत रस महोत्सबको सफलताको कामना गर्दै आफुले सक्दो सहयोग गर्ने बताउनु भयो। १९ गते सम्म चल्ने महोत्सवको मुख्य उदेश्य खेलमैदानलाई पुर्ण रुप दिने र कालीमाता ,सुपादेउराली मन्दिर र बुद्ध शालिक स्थापना गर्ने आयोजकले जानकारी दिएको छ ।