सुखी र खुशी हुनका लागि गीताका यी उपदेश

प्रकाशित मिति:

महाभारत युद्धको रणभूमिमा भगवान श्रीकृष्णले आफ्नो प्रीय पात्र र श्रेष्ठ धनुर्धर अर्जुनलाई गीताको उपदेश दिएका थिए । भगवान कृष्णलाई कलियुगमा हुनेवाला भ्रष्टाचार, वैमनस्य तथा स्वार्थका बारेमा पहिला नै ज्ञान थियो ।यसकारण उनले अर्जुनलाई माध्यम बनाएर यो उपदेश समस्त मानव जातिको कल्याणका लागि दिए । धर्मको मार्गमा लागेर पनि मनुष्यले कसरी आफ्नो जीवनको सारा समस्या हटाउन सक्छ उनले यो बताएका छन् ।
यसका लागि ५ उपदेश दिएका छन्– कर्म गर्नेमाथि नै अधिकारकर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।मा कर्मफलहेतुर्भुर्मा ते संगोऽस्त्वकर्मणि ॥

भावार्थ– तिम्रो अधिकार कर्म गर्नुमा नै छ । त्यसको फलमा होइन । अतः तिमीले फलको इच्छा बिना नै कर्म गर्नु जरुरी छ ।जसको अर्थ हुन्छ– जो मानिस भविष्यको चिन्ता गरे बिना वर्तमानमा रहेर मात्र आफ्नो काममा केन्द्रीत हुन आवश्यक छ । यदी वर्तमानमा मेहेनत र लगनशिल भएर काम गरेको खण्डमा भविष्यमा त्यसको सुफल नै प्राप्त हुन्छ ।जसले द्वेष गर्दैन

यो न हृष्यति न द्वेष्टि न शोचति न काङ्क्षति ।
शुभाशुभपरित्यागी भक्तिमान्यः स मे प्रियः ॥

भावार्थ– यस्ता मानिस जो न कहिल्यै अति हर्षित हुन्छन्, न द्वेष गर्छन न शोक गर्छन् । र जो न कामना गर्छन् र शुभ र अशुभ सम्पूर्ण कर्मका त्यगी छन् त्यस्ता भक्तियुक्त मानिस मलाई प्रिय छन् ।अर्थात– कुनै पनि अति विशिष्ट कार्य हुँदा हामीले अति हर्षित हुने कुराबाट बच्न जरुरी छ । यसो गर्नाले गल्ती हुने आशंका बढ्छ । अरुलाई जलन हुने कुनै काम गर्नु हुँदैन ।