पशुपति कलेजको आयोजित कार्यक्रममा प्राबिधिकशिक्षा कोटा बढाउनु पर्नेमा जोड

१७ मंसिर २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
37 Shares


तिलोत्तमा – तिलात्तमाको कोटिहवामा आयोजित कार्यक्रमका बत्ताले प्राबिधिक शिक्षामा जोड दिएका छन् । रुपन्देहीको तिलोत्तमा कोटिहवामा रहेको पशुपति कलेजको १४ औ साधारण सभा तथा अभिभावक दिवसमा बोल्ने बत्ताहरुले प्राबिधिक शिक्षामा जोड दिएका हुन् । प्राबिधिक शिक्षाले मात्र मुलुकको बिकास र समृद्धि सम्भव भएको उल्लेख गर्दै बत्ताहरुले सरकारले प्राबिधिकशिक्षाको कोटा बढाउनु पर्नेमा जोड दिए ।कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य छविलाल बिश्वकर्माले कजेलको बिकासका लागिआबश्यक सहयोग गर्ने बताएकाछन् । उनले कलेजको बिकासका लागि गुरु योजना बनाउन आग्रह गर्दै प्राबिधिक शिक्षाका लागि सरकारसंग आफुले पहल गर्ने बताए । सो अबसरमा बोल्दै प्रदेश सभा सदस्य दधिराम न्यौपानेले प्रदेश सरकारले पनि आबश्यक सहयोग गर्ने बताए ।उनले भने गुरु योजना निर्माण गरेर आउनुस, सरकारले आबश्यक सहयोग गर्छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका सभापति एकराज बिश्वकर्मा, तिलोत्तमा वडानम्बर १६ का वडा अध्यक्ष झविलाल भुसाल, कलेजका प्रार्चाय जयलाल शर्मा बस्याल, पशुपतिमा प्रार्चाय बेदनारायण भट्टराई, राममणि बहुमुखि क्याम्पसका प्रार्चाय मोहन राजशर्मा, कलेज सभा सदस्य लेखनाथ पाण्डे, कृष्ण घिमिरे, सल्लाहकार कृष्ण प्रसाद शर्मा लगाएतले बोल्दै पशुपतिकलेजलाई यस क्षेत्रको उत्कृष्टकलेजको रुपमा बिकास गर्नु पर्नेमा जोड दिए । कजेज व्यवस्थापन समितिका कार्यबहाक अध्यक्ष कृष्ण प्रसाद ज्ञवालीको अध्यक्षता, नारायण प्रसाद ज्ञवालीको सञ्चालन तथा लेखनाथ पाण्डेको स्वागतमा सम्पन्न भएके थियो । सो अबसरमा बिद्यार्थीहरुले बिभिन्न किसिमका नृत्य तथा गीत प्रस्तुत गरेका थिए । साथै बिद्यालयले बार्षिक कार्यक्रमअनुसार गरेको हाजिर जवाफ, खेलकुद लगाएतका प्रतियोगितामा प्रथम, द्धतिय तथा तृत्य बिद्यार्थीलाई पुरस्कार समेत बितरण गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • गाउँपालिका अध्यक्षलाई प्रदेशिको चिट्ठी – ‘डरले मरिने भए म मरेका…
  • भक्तपुरमा सुत्केरीमा कोरोना भाइरसको संक्रमण पुष्टि
  • पडसरी गा बि स पुर्ब उपाध्यक्ष केसिको निधन प्रती सभापति…
  • श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवाज्यु लाई खुल्ला पत्र ।
  • खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिवद्धता
  • नेपालमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु
  • पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्यामा बृद्धि
  • विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन…
  • देशभरका मालपोत कार्यालय आइतबारदेखि खुल्ने
  • सरकारले जनताको दु : ख नदेखेको कांग्रेस नेता मिनेन्द्र रिजालको…